नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ « Khabarhub

नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन् । प्रेस सेन्टर रुपन्देहीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताएका हुन् ।

“मैले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ”, उनले भने, “संविधान अनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाउँछौँ ।”

उनले नागरिकतासँग सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेको बताए । त्यसबारेमा सबै राजनीतिक पार्टी एवम् राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्वसँग छलफल गरिने उनको भनाइ छ ।

उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम अझै पनि बाँकी रहेकाले यसलाई पूरा गरिनुपर्ने बताए । यो पूरा भए मात्रै शान्ति प्रक्रिया समग्रमा पूरा हुने मन्त्री श्रेष्ठको भनाइ छ ।

“यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्छ”, श्रेष्ठले भने, “यसका लागि हामी फेरि पनि संसदमा प्रवेश गरेका छौँं, यो कामलाई पूर्णता दिन्छौँ ”

उनले अर्थतन्त्रमा तत्काल देखा परेका समस्यालाई समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सके मात्र समृद्धि हासिल हुने भन्दै अर्थतन्त्रको समस्या पहिचान गर्न र यसको समाधानको उपायबारे विज्ञहरुसहित बैठक बस्ने तयारी भइरहेको जानकारी दिए ।

“अर्थतन्त्र सुधारमा प्रधामन्त्री आफै अग्रसर हुनुहुन्छ, मन्त्रिपरिषद्ले मूलभूत रुपमा पूर्णता पाएको अवस्थामा अब हामी समृद्धिको लक्ष्य पूरा गर्न समर्पित रुपमा लाग्नेछौँ”, उनले भने ।

उनले आफूले गृहमन्त्रालय सम्हालेदेखि नै सुशासनमा जोड दिएको भन्दै प्रशासनिक र सुरक्षा निकायमा कतै पनि राजनीतिक दबाब र अन्य दबाबले भूमिका खेल्न नपाओस भनि आफू सतर्क रहेको बताए ।

“जनतालाई सहज ढङ्गले सेवा दिने र शान्ति सुरक्षा सुनिश्चित गर्दै शान्तिपूर्ण वातावरणमा जीवन गुजार्न पाउने अधिकारको सुनिश्चित गर्न चाहन्छौँ”, उनले भने “यससँगै कालोबजारी, अपराध नियन्त्रण गर्ने काम गछौँ ।”

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  २ : २७ बजे

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर

हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ : गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफूलाई राम्रोसँग बोल्न नआएपनि काम गर्न

गृहमन्त्री सुधनले संसदमा भने ‘धेरै भयो मैले सहेको’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले संसदमा विपक्षीप्रति आक्रोशित हुँदै आफूले धेरै