उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उद्योगीलाई अर्थमन्त्रीको सुुझाव « Khabarhub

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उद्योगीलाई अर्थमन्त्रीको सुुझाव


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्न निजी क्षेत्रलाई सुझाव दिएका छन् ।

काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

देशका हरेक संयन्त्रमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताएका उनले निजी क्षेत्रले उत्पादनमूलक उद्योगमा लगानी गरे सरकारले लगानीको वातावरण सहज बनाउने प्रतिबद्धता जनाए । यसका लागि अल्पकालीन, मध्यकालीन र दिर्घकालीन उपायहरूको व्यवस्था गरिने अर्थमन्त्री महतको भनाइ छ ।

रुस–युक्रेन युद्धलाई इंगित गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि चार प्रतिशतभन्दा माथि हुने दाबी गरे ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  २ : ४३ बजे

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि