युक्रेन र रुसबीच युद्धबन्दी आदानप्रदान, एक सय युक्रेनी बन्दी रिहा | Khabarhub Khabarhub

युक्रेन र रुसबीच युद्धबन्दी आदानप्रदान, एक सय युक्रेनी बन्दी रिहा


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेन र रुसले युद्धबन्दी आदानप्रदान गरेका छन् । रुससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत सोमबार एक सय युक्रेनी बन्दी रिहा भएका हुन् । रुससँगको पछिल्लो कैदी आदानप्रदानमा २० महिलासहित एक सय युक्रेनी बन्दी रिहा भएका युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रुसबाट रिहा भएकाहरूमा युक्रेनी सेनाका जवान, राष्ट्रिय गार्ड र नौसेनाका जवान र सीमा सुरक्षा बलका सदस्य रहेका युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री येर्माकले बताएका छन् ।

रिहा भएकामध्ये केही घाइते तथा केही गम्भीर बिरामी छन् । कैदी आदानप्रदान सम्झौताअन्तर्गत युक्रेनले रिहा गरेका रूसी सेनाको सङ्ख्या बारेमा उनले कुनै विवरण दिएका छैनन् ।

यसैबीच, युद्धबन्दीको उपचारका निम्ति समन्वय गर्ने युक्रेनी कार्यालयले गम्भीर घाइते भएका पाँच जना रुसी सैनिकलाई रुससमक्ष हस्तान्तरण गरेको छ ।

युक्रेनले उनीहरूलाई जेनेभा अभिसन्धिअनुसार रुससमक्ष हस्तान्तरण गरेको हो । मार्च २०२२ देखि रुससँगको बन्दी आदानप्रदानअन्तर्गत हालसम्म दुई हजारभन्दा बढी युक्रेनी मुक्त भएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ३ : १५ बजे

कोशीमा धारा १६८ (५)अनुसार नै सरकार गठन गर्न आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई