युक्रेन र रुसबीच युद्धबन्दी आदानप्रदान, एक सय युक्रेनी बन्दी रिहा « Khabarhub

युक्रेन र रुसबीच युद्धबन्दी आदानप्रदान, एक सय युक्रेनी बन्दी रिहा


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेन र रुसले युद्धबन्दी आदानप्रदान गरेका छन् । रुससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत सोमबार एक सय युक्रेनी बन्दी रिहा भएका हुन् । रुससँगको पछिल्लो कैदी आदानप्रदानमा २० महिलासहित एक सय युक्रेनी बन्दी रिहा भएका युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रुसबाट रिहा भएकाहरूमा युक्रेनी सेनाका जवान, राष्ट्रिय गार्ड र नौसेनाका जवान र सीमा सुरक्षा बलका सदस्य रहेका युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री येर्माकले बताएका छन् ।

रिहा भएकामध्ये केही घाइते तथा केही गम्भीर बिरामी छन् । कैदी आदानप्रदान सम्झौताअन्तर्गत युक्रेनले रिहा गरेका रूसी सेनाको सङ्ख्या बारेमा उनले कुनै विवरण दिएका छैनन् ।

यसैबीच, युद्धबन्दीको उपचारका निम्ति समन्वय गर्ने युक्रेनी कार्यालयले गम्भीर घाइते भएका पाँच जना रुसी सैनिकलाई रुससमक्ष हस्तान्तरण गरेको छ ।

युक्रेनले उनीहरूलाई जेनेभा अभिसन्धिअनुसार रुससमक्ष हस्तान्तरण गरेको हो । मार्च २०२२ देखि रुससँगको बन्दी आदानप्रदानअन्तर्गत हालसम्म दुई हजारभन्दा बढी युक्रेनी मुक्त भएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ३ : १५ बजे

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको