स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक जना पक्राउ « Khabarhub

स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक जना पक्राउ


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीका लागि स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका घर भई हाल ललितपुर महानगरपालिका वडा नं १४ नख्खीपोट बस्ने ४६ वर्षिय एकराज नेम्बाङ पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष प्रहरी टोलीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।

उनले विजय लिम्बुलाई स्लोभाकिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले वैदेशिक रोजगारीको लागि स्लोभाकिया जान १५ लाख रुपैयाँ लाग्ने र त्यहाँ २ लाखभन्दा बढी तलबमा कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिने प्रलोभन देखाएको प्रहरीको भनाइ छ ।

उनाइ थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ४ : १० बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि