एउटा विधेयक पेस गर्ने र दुई वटा नियमावली स्वीकृत गर्ने बागमती सरकारको निर्णय « Khabarhub

एउटा विधेयक पेस गर्ने र दुई वटा नियमावली स्वीकृत गर्ने बागमती सरकारको निर्णय


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा एउटा विधेयक पेस गर्ने र दुई वटा नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत तथा प्रदेशसभामा पेस गर्ने स्वीकृतिको निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रदेश सञ्चारमाध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली स्वीकृति गर्ने निर्णय भएको छ । यसैगरी, प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ४ : १७ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६