वैशाख ५ गतेबाट आमरण अनसन बस्ने लघुवित्त पीडितको घोषणा « Khabarhub

वैशाख ५ गतेबाट आमरण अनसन बस्ने लघुवित्त पीडितको घोषणा


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लघुवित्त पीडितहरुले वैशाख ५ गतेबाट आमरण अनसन बस्ने घोषणा गरेका छन् । मंगलबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी लघुवित्त पीडितहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले अध्यक्ष मनिराम ज्ञावालीको नेतृत्वमा वैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको हो ।

चैत २१ देखि माइतिघर मण्डलामा अनसनरत पीडितहरुले लघुवित्तले आफूहरुलाई मर्नु न बाँच्नुको अवस्थामा पु¥याएको बताए । समितिका अध्यक्ष ज्ञावालीले पीडितहरुको जीवन मर्नु न बाँच्नुको अवस्थामा पुर्याउने लघुवित्तले कायौंको ज्यान लिइसकेको र सयौंलाई विस्थापित गरिसकेको बताए ।

ज्ञावालीले न्यायको निम्ति आफूहरुले निष्कर्षसहितको अन्तिम लडाइँका लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको बताए ।

राष्ट्रिय किसान संघ सञ्जाल नेता अगस्त्य अधिकारीले लघुवित्त संस्थाहरुले राष्ट्र बैंकको निर्देशिका र प्रचलित ऐन कानून मिचेर आमजनताविरुद्ध ज्यादती गर्दै आएको भन्दै आन्दोलनमा आफ्नो संगठनले सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संघर्ष समितिका केन्द्रीय सचिव रमेश तामाङले देशका झण्डै ५८ लाख महिलाहरु लघुवित्तहरुको ऋणी भएको र अधिकाशंलाई ब्याजको स्याज लगाएर गैरकानूनी तरिकाले यातना दिएको आरोप लगाए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : २६ बजे

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट