चाडै प्रदेश सरकारमा सहभागी हुन्छौँ : माधव नेपाल « Khabarhub

चाडै प्रदेश सरकारमा सहभागी हुन्छौँ : माधव नेपाल


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा चाँडै सहभागी हुने बताएका छन् ।

आज पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उनले सङ्घीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको र प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताए ।

उनले भने, “हाम्रा पनि मन्त्रीहरु हुनुहुन्छ । गठबन्धन दलमा हामी पनि सामेल भएका छौँ । केन्द्रमा पनि हामी समेल छौँ । अब विस्तारै हामी प्रदेश प्रदेशमा पनि सरकारमा सहभागी हुने छौँ ।”

यसैगरी अध्यक्ष नेपालले शिक्षक सङ्गठनले पार्टीसँग समन्वय गरेर शक्ति वृद्धि गरेर दबाब सिर्जना गर्ने काममा अगाडि बढ्नसमेत आग्रह गरे । राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने उनको भनाइ थियो ।

शिक्षकको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने अध्यक्ष नेपालले बताए । उनले कुनै पनि बालबालिकालाई विद्यालय बाहिर राख्न नहुने र सबैले कम्तीमा पनि १२ कक्षासम्म पढ्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ८ : ४८ बजे

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि