युक्रेन ड्रोन आक्रमणको अर्थ | Khabarhub Khabarhub

युक्रेन ड्रोन आक्रमणको अर्थ


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रुसले पछिल्लो साता आफ्नो भू-भागमा व्यापक रूपमा ड्रोन आक्रमण भएको जनाएको छ। ३ मेमा रुसले राष्ट्रपति भ्लाडिमिर पुटिनलाई आफ्नै देशमा मार्न खोजेको समेत जनाएको थियो। युक्रेनले यसलाई अस्वीकार गरेको छ। १० मेका दिन भ्रोनोजेक प्रान्तमा भएको आक्रमणमा १० रुसी सैनिक घाइते भएको आशङ्का गरिएको छ। त्यसै दिन खार्सक र बेलग्रेडमा पनि आक्रमण भएको जनाइएको छ। यी दुवै स्थान रुस र युक्रेनको सीमामा छन्।

४ र ५ मेका दिन क्रिमिया सीमा भन्दा २०० किलोमिटर पर क्रासनोडारको तेल खानीमा लक्षित गर्दै ड्रोन प्रहार गरिएको थियो। गत महिना किरीसेभमा पनि आक्रमण भएको थियो। यो युक्रेनी सीमाबाट चार सय किलोमिटर टाढा थियो। रुसले जनाए अनुसार त्यस घटनामा कम्तीमा तीन जनाको ज्यान गएको थियो।

फेब्रुअरीमा मस्को भन्दा १ सय किलोमिटर पर ड्रोन आक्रमण भएको थियो। रुसले जनाए अनुसार त्यसमा कोही पनि घाइते भएका थिएनन्। युक्रेनले बनाएको यु-जे २२ खालको ड्रोनको अवशेष अझै त्यहाँ देख्न सकिन्छ। आठ सय किलोमिटर टाढासम्म जान सक्ने यस ड्रोनको शक्ति साँच्चै अचम्मको मानिन्छ। डिसेम्बर महिनामा युक्रेनको उत्तर पूर्वी सिमानामा ६ सय किलोमिटर पूर्वमा तीन व्यक्तिको ज्यान गएको थियो।

सन् २०२३ को सुरुवातदेखि नै रुसको क्षेत्रमा र रुसले कब्जामा लिएका स्थानमा गरी तीन सय ड्रोन आक्रमण भए। सबैभन्दा धेरै क्रिमियाको उत्तर पूर्वमा युक्रेनी सीमामा रहेका ब्रासयन्क र बेल ग्रोड प्रान्तमा छन्। तेल उत्पादन केन्द्र, हवाई अड्डा र ऊर्जा केन्द्रमा आक्रमण भएको छ। तेल भण्डार केन्द्रमा पाँच वटा ड्रोन आक्रमण भएको छ। यो मध्य सबै भन्दा भयानक भनेको रुसको नियन्त्रणमा रहेको सेबास्टापोलमा २९ अप्रिलमा भएको आक्रमण हो। यसले धेरै तेल ट्याङ्कलाई ध्वस्त बनाएको छ।

फेब्रुअरीमा मस्को भन्दा १ सय किलोमिटर पर ड्रोन आक्रमण भएको थियो। रुसले जनाए अनुसार त्यसमा कोही पनि घाइते भएका थिएनन्। युक्रेनले बनाएको यु-जे २२ खालको ड्रोनको अवशेष अझै त्यहाँ देख्न सकिन्छ।

सीबीलाइन सेक्युरिटी कन्सल्टेन्सीकी लायला गेस्टका अनुसार युक्रेनी सेनाले तेल उत्पादन केन्द्र, रेल वे संरचना र रुसका महत्त्वपूर्ण भौतिक संरचनामा आक्रमण गरेको छ। यस आक्रमणको रणनीतिक उद्देश्य दीर्घकालीन पनि हुनसक्छ। यो युद्धमा ड्रोन प्रहार दुवै पक्षबाट भएको छ। रुसले इरानले बनाएको ड्रोन प्रहार गरेको छ। युक्रेनले फ्रन्टलाइनमा आवश्यक भएको कारण ड्रोनको उत्पादनबढाइ रहेको जनाएको छ।

विज्ञका अनुसार युक्रेनले बनाएको ड्रोन रुसको धेरै टाढाको भागसम्म पनि पुग्न सक्छन्। चार सय ५० किलोमिटर टाढा रहेको मस्कोलाई पार गर्दै अझ अगाडि बढ्न सक्ने क्षमता भएको जनाइएको छ।

एभीयेटोनीस्ट ब्लगका विज्ञ डेभिड सेन्सीयनीयोटीका अनुसार युक्रेनसँग एकदमै लामो आक्रमण गर्न सक्ने ड्रोन अझ निर्माण भइरहेको छन्। यसले मस्को र यसका आसपासका क्षेत्रलाई धेरै नै प्रभावमा पार्नसक्छ।

ड्रोन विज्ञ स्टिभ राइटका अनुसार युक्रेनबाट प्रहार गरिएको भन्दा एकदम टाढासम्म यसले आक्रमण गर्नसक्छ। उनले थप भने, ‘अझ नजिकको दुरीबाट प्रहार गर्न सक्ने अवस्था थियो। यसले मस्कोको संरचनालाई नै क्षतविक्षत र तहस नहस बनाउन सक्थ्यो।

विज्ञका अनुसार युक्रेनले बनाएको ड्रोन रुसको धेरै टाढाको भागसम्म पनि पुग्न सक्छन्। चार सय ५० किलोमिटर टाढा रहेको मस्कोलाई पार गर्दै अझ अगाडि बढ्न सक्ने क्षमता भएको जनाइएको छ।

युक्रेनका मन्त्री मिखायल फेडेरोभले जनाए अनुसार त किभबाट ड्रोन मस्को गएर फेरि फर्किएर किभ नै आउनसक्छ। यसका बाबजुद उनले मस्कोमा ड्रोन आक्रमणका लागि तयारी नगरेको बताएका छन्।

सेनसीयोटलै युक्रेनले आधुनिक ड्रोन बनाएको र यो अत्यन्त उपलब्धि मूलक भएको बताएका छन्। हवाई युद्धमा यो नै जिताउन सक्ने हतियार भएको उनको मत छ। यसले नै रुसले धेरै स्थान गुमाउन सक्ने उनको बुझाइ छ। बयकटार टिबी २ ड्रोन युक्रेनको सबैभन्दा महत्त्वपूर्ण ड्रोन हो।

लगातार युक्रेनी ड्रोन आक्रमणका केही कारण पक्कै छन्। गत वर्षको फेब्रुअरीबाट सुरु भएको यस युद्धमा विभिन्न चरण देखिए। पहिलो चरणमा रुस हाबी भएको थियो। विस्तारै युक्रेनले अन्तर्राष्ट्रिय निकायको सहयोगका साथ आफूलाई अगाडि बढाएको थियो। त्यत्ति मात्र होइन रुसले धेरै धक्का पनि सहेको थियो।

अन्तर्राष्ट्रिय क्षेत्रबाट लगाएको प्रतिबन्धका कारण रुसको आर्थिक अवस्था ओरालो लाग्ने क्रम युक्रेनको भन्दा तीव्र छ। त्यहाँ उत्पादन विश्व बजारमा पुग्न छाडेका छन्। देशमा असन्तुष्टि बढ्दो छ।

तेल भण्डारमा प्रहार भए त यो रुसका लागि भंयकर क्षति हुनेछ। विमानस्थल लगायत भौतिक संरचना नास भएमा रुसले युद्ध थेग्न नसक्ने र युद्ध नयाँ बाटोमा जाने तय गरेका छन्।

पछिल्लो समयको या ड्रोन आक्रमणका मुख्य कारण रुसको आर्थिक अवस्था अझ धेरै नास गर्ने युद्धमा गलाउने पनि हुनसक्छ। राष्ट्रपति जेलेन्सकी भने आफ्नो भूभाग जोगाउनका लागि नै ड्रोन आक्रमण गरिएको बताउँछन्।

अन्तर्राष्ट्रिय क्षेत्रबाट लगाएको प्रतिबन्धका कारण रुसको आर्थिक अवस्था ओरालो लाग्ने क्रम युक्रेनको भन्दा तीव्र छ। त्यहाँ उत्पादन विश्व बजारमा पुग्न छाडेका छन्। देशमा असन्तुष्टि बढ्दो छ।

रुसले भने किभ र किभ वरपरको क्षेत्रमा मिसाइल आक्रमण गर्ने डर बढेको छ। जेलेन्सकीले पनि फिनल्यान्डमा गएर प्रत्याक्रमणको नीति लिएको बताएका छन्। रुसको आक्रमणबाट त धेरै जनाको ज्यान नै गएको छ।

पछिल्लो समय युक्रेनले थप हतियारको माग गरेको छ। फिनल्यान्ड पछि नेदरल्यान्ड्सको भ्रमणमा गएका राष्ट्रपति जेलेन्सकीले त्यहाँ पनि यसको विषयमा कुरा उठाउने छन्। उनले हेगमा रहेको अन्तर्राष्ट्रिय अपराध अदालतमा पनि भ्रमण गरेका थिए। सोही समयमा जेलेन्सकीले युक्रेनलाई न्याय नदिलाई शान्ति नआउने बताएका थिए।

उनले डच प्रधानमन्त्री मार्क रयुटसँग थप सहयोग र पछिल्लो समय बढ्दै गएको घटनाक्रमका बारे सल्लाह गरेका थिए। सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरे यता डचले लगातार सहयोग गरेको छ। अहिले रुस मानवीय संवेदनामा केन्द्रित छ भने युक्रेन रुसको आर्थिक क्षतीमा। सायद अबको केही महिनामा यसको असर देखिने छ। स्रोत: अलजजीरा, बीबीसी

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ८ : २३ बजे

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार