सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री कार्की « Khabarhub

सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री कार्की


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक वन उपभोक्ताको प्रयासले प्रदेशमा वन क्षेत्र विस्तार भएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनको आज शुभारम्भ गर्दै उनले  वन क्षेत्र ४४ प्रतिशत विस्तार हुनुमा उपभोक्ताको योगदान उल्लेखनीय रहेको बताए।

मुख्यमन्त्री कार्कीले वन क्षेत्र विस्तारले  सकारात्मक एवं नकारात्मक दुवै असर पारेको चर्चा गर्दै  मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनीकरण गर्नुपर्ने खाँचो औँल्याए ।  उनले  सामुदायिक वनको माध्यमबाट मुलुकमा रोजगारी सिर्जना, राजस्व वृद्धि, उत्पादकत्व वृद्धि, पर्यटन क्षेत्रमा योगदान, वन पैदावरको विकास भएको बताए । 

साझा सभ्यताको स्रोत एवं सबै समुदायलाई  जोड्ने भएकाले प्रदेशको नाम रुपमा ‘कोशी’ राखिएको जानकारी दिँदै उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९२ प्रतिशतको मतदान, सर्वदलीय सहमति एवं संवैधानिक कानुनका आधारमा नाम नामाकरण गरिएको प्रष्ट पारे ।

समारोहमा प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीव राई, सामुदायिक वनका केन्द्रीय अध्यक्ष  भारती पाठक, प्रदेश अध्यक्ष तुलसी सङ्गौला, उपाध्यक्ष गोपालमान थापा लगायतले सामुदायिक वनले गरिबी निवारण, सुशासन एवं समावेशी कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याएको धारणा राखे ।

अधिवेशनमा १४ जिल्लाका आठ सय प्रतिनिधिको सहभागिता रहेको छ भने  नयाँ नेतृत्व चयन गरिने सोही अवसरमा जानकारी दिइयो । प्रदेशमा  तीन हजार सात सय  ७५ सामुदायिक वन रहेका छन्।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : ११ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ