मकवानपुर ‘लम्पी स्कीन’बाट पशुचौपाया प्रभावित « Khabarhub

मकवानपुर ‘लम्पी स्कीन’बाट पशुचौपाया प्रभावित


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुर जिल्लामा केही दिनदेखि देखापरेको ‘लम्पी स्कीन’ रोगबाट हालसम्म ७३  गाई तथा गोरु मरेको छ । साथै तीन हजारभन्दा बढी गाई-गोरु तथा बाछाबाछी सो रोगबाट विराम एवम् प्रभावित भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

कार्यालयका अनुसार गत पुस १० गतेदेखि एक्कासि गाई र गोरुमा  देखापरेको लम्पी स्कीन रोगबाट मकवानपुर हालसम्म जिल्लाको गढी गाउँपालिकामा ६७ गाई, इन्द्र सरोवर गाउँपालिकामा तीन  गाई, र कैलाश गाउँपालिकामा तीन  गाई  मरेका छन् ।  

एक्कासि गाई गोरु तथा बाछाबाछीमा ज्वरो आउने, घाउखटिरा हुने, शरीरभरि फोका हुने, खान नरुचाउने र थलापर्ने जस्तो देखिएपछि त्यसको  नमुना जाँचका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँमा पठाइएको थियो । सो प्रयोगशालाले जाँच गर्दा जिल्लाका गाईगोरुमा लम्पी स्कीन रोगबाट प्रभावित भएको पुष्टि गरेको थियो ।

मकवानपुर गढीमा सबैभन्दा बढी प्रभावित भएपछि गाउँपालिकाले नमुना जाँचका लागि काठमाडौँ लगेको थियो । गाउँपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत सत्यनारायण शाहले लम्पी स्कीन रोग विरुद्धको औषधि नभएकाले उपलब्ध औषधि र प्राविधिक खटाएर गाईगोरुका उपचार सुरु भएको जानकारी दिए ।  

हाल एक हप्तादेखि सो लम्पी स्कीन रोग नियन्त्रणका लागि जिल्लाका सम्बन्धित निकाय र प्राविधिकसँग छलफल गरेको जनाइएको छ । रोग प्रभावित गाउँपालिकामा निःशुल्क सो रोगविरुद्ध खोप लगाउन सुरु भएको पशुसेवा कार्यालयका  प्रमुख डा  प्रभात न्यौपानेले जानकारी दिए ।    

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : ५८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा