नयाँ श्रम गन्तव्यको खोजीमा वैदेशिक रोजगार मेला आयोजना गर्ने तयारी | Khabarhub Khabarhub

नयाँ श्रम गन्तव्यको खोजीमा वैदेशिक रोजगार मेला आयोजना गर्ने तयारी


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जानेका लागि नयाँ श्रम गन्तव्यको खोजी गर्ने विषयमा छलफल सुरु गरेको छ । बोर्ड सचिवालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच आज भएको छलफलले खाडी र मलेसियामा केन्द्रित श्रम बजारलाई युरोपलगायत मुलुकमा विस्तार गर्नका लागि वैदेशिक रोजगार मेला आयोजना गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले अन्तर्राष्ट्रिय श्रम बजारको अध्ययन गर्ने गराउने र नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजी गर्ने गराउने वैदेशिक रोजगार ऐनमा भएको व्यवस्थाबमोजिम नयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्न लागिएको जानकारी दिए।

प्रत्येक वर्ष झण्डै पाँच लाखको हाराहारीमा नेपाली श्रम शक्ति वैदेशिक रोजगारीमा जाने गरेको वर्तमान अवस्थामा युरोप, क्यानडालगायत मुलुकमा रोजगारीको दायरा विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

बोर्डका निर्देशक सीता दुवाडीले नेपाली श्रमिकका लागि श्रमको नयाँ क्षेत्र र मुलुकको खोजी भइरहेको जानकारी दिइन् । नयाँ क्षेत्र पहिचानका लागि युरोपेली मुलुकमा रहेका दूतावास, गैरआवासीय नेपाली र सरोकारवाला पक्षसँग छलफल गरिने उनले बताईन् ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले परम्परागतरूपमा खाडी मुलुकमा जाने ८० प्रतिशत श्रम शक्तिलाई नयाँ गन्तव्य मुलुकमा ‘सिफ्ट’ गर्न आवश्यक रहेको बताए। उनले पूर्वी युरोपलगायत मुलुकमा ठूलो सङ्ख्यामा जान सुरु गरेका नेपाली श्रमिकलाई संस्थागत रूपले पठाउने सवालमा द्विपक्षीय सम्बन्ध विस्तारमा सरकारले जोड दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ९ : ३७ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.६० अंकले बढ्यो । योसँगै

प्रधानमन्त्री दाहाल ल्हासामा, पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको

सुदूरपश्चिममा डेङ्गुबाट तीनजनाको मृत्यु, आठ सय सङ्क्रमित

कञ्चनपुर– बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गु

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि