असारमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ « Khabarhub

असारमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको संयुक्त आयोजनामा काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३ को एघारौँ संस्करण आगामी असार १ देखि ३ गतेसम्म हुने भएको छ । प्राकृतिक र सांस्कृतिकरूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा रहेकाले महोत्सव गर्ने गरिएको अध्यक्ष डा मञ्जु मिश्रले जानकारी दिए ।

उनले भने, “हालसम्म २० चलचित्र प्राप्त गरिसकेका छौँ, यो महोत्सवले संस्कृति आदान–प्रदानमा सघाउने विश्वास हामीले लिएका छौँ ।” चलचित्र सहभागी हुनका लागि जेठको दोस्रो हप्तासम्म समय तोकिएको छ । महोत्सवमा विगतमा झैँ यसपटक पनि बढीमा २५ चलचित्र चयन हुनेछन् ।

अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्र, छोटा चलचित्र, वृत्तचित्र र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ । सांस्कृतिक झाँकी, नेपाल र अफ्रिकाको विषयमा अन्तक्र्रिया, छोटा चलचित्रको समस्या र अवस्थालगायत विभिन्न विषयमा छलफल पनि गरिने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए । विदेश खण्डअन्तर्गत महोत्सवमा चलचित्र, लघुचलचित्र, वृत्तचित्र, एनिमेसन चलचित्र, कार्टुन चलचित्र सहभागी गराइने छ ।

“नेपाल खण्डअन्तर्गत खुला प्रतिस्पर्धा र विद्यार्थी चलचित्र प्रतिस्पर्धा गरी दुईवटा समूह रहेको छ”, निर्देशक क्षेत्रीले भने । यस्तै खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघुचलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ९ : ५८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु