अब आक्रमणमा युक्रेन « Khabarhub

अब आक्रमणमा युक्रेन


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

‘युक्रेनले प्रत्याक्रमण सुरु गरेको साँचो हो। हामी यसका लागि तयार हुनुपर्छ,’ रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले एक भिडियो अन्तरवार्तामा भने। रुसको झाम्पोटारियाको आणविक भट्टीमा निसाना बनाएपछि रक्षात्मक बनेको युक्रेनले पछिल्लो समय रुसका महत्त्वपूर्ण स्थानलाई लक्षित गर्दै मिसाइल आक्रमण सुरु गरेको हो। पछिल्लो अवस्था अनुसार दुई देशका सेना नै आमनेसामने हुने अवस्थाको सिर्जना भएको छ।

यो अवस्था आइसकेपछि युद्धको सुरुवातदेखि नै आक्रामक भएको रुसी सेनाका सामु रक्षात्मक हुनुपर्ने बाध्यतासमेत आइलागेको छ। केही भिडियो र रिपोर्ट हेर्दा त रसियन सङ्कटमा नै पर्नसक्ने सम्भावना देखिएको छ।

युक्रेन सीमा क्षेत्र रहेको रुसको काजान क्षेत्रलाई संकट युक्त क्षेत्रसमेत मानिएको छ। त्यहाँका युद्ध विशेषज्ञ साहिल कुजान त विस्तारै रुसी सेना संकटतर्फ धकेलिएको अनुमान गर्छन्। एक एक गर्दै आफूले गुमाएको भाग युक्रेनले फिर्ता गर्दै जाने सम्भावना समेत रहेको उनी बताउँछन्। कुजानकै विचारमै झाम्पोटारिया भन्दा बाहेकको स्थानमा उनीहरूले केही गर्न सक्ने सम्भावना नै देखिएको छैन।

मंगलबार डिनिप्रो नदीको छेउमा रहेको ५६९ वर्ग किलोमिटरको ड्यामको क्षेत्र नास भएपछि यसले संसारको ध्यान खिँचेको थियो। यो संयोग थिएन। त्यो सडक र ड्यामको क्षेत्र हुँदै आक्रमणको योजना बनाएको रुसी सेनालाई यसले रोकेको छ। उनीहरूको योजना विफल भएको धेरैको अनुमान छ। सो ड्यामलाई नियन्त्रणमा राखेको रुसलाई फेरि एक पटक धक्का लागेको छ। आफू अघि बढ्ने सम्भावना रहेको सङ्केत युक्रेनले एक पटक होइन धेरै पटक गरिसकेको छ।

अप्रिल महिनामा मुस्किलले त्यो नदी पार गरेको युक्रेनी सेनाले त्यही अड्डा जमाएको थियो। डिनिप्रोको डेल्टामा रहेको थुप्रै टापुलाई युक्रेनले अप्रिल महिनामा नै कब्जामा लिएको हो। यी सबै खेर्सनको नजिक छन्।

यस क्षेत्रका लागि किभको सैन्य योजना अझै अनिर्णीत नै छ। लगातारको भेलले डिनिप्रो तर्ने योजना पनि लगभग असफल झैं नै छ। कुजानकै अनुसार यसको वैकल्पिक बाटो रुसलाई भने थाहा हुनसक्छ।

किभका अधिकारी बाढीमा अलमलिएपछि युद्ध जारी छ। दुवै पक्षका सेना पूर्वी भाग तिर आफूलाई केन्द्रित गराउन लागि परेका छन्। बिहीबार बेलायती रक्षा मन्त्रालयले समेत दुई पक्षका बीच युद्ध लगातार भइरहेको जनाएको छ। बेलायतकै रक्षा मन्त्रालयले त धेरै स्थानमा युक्रेनले कब्जा जमाएको कुरा ट्विट गरिसकेको छ। झाम्पोझाटारियाको दक्षिण तर्फ एकै दिन रुसी सेनाले एक सय ५० यातायातमा आएका १ हजार पाँच सय जनाको सैन्य जत्थासँग सामना गर्नु परेको थियो।

रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले केही स्थानलाई लक्षित गर्दै सीमा पार गर्ने योजना बनाइ रहेको छ। रुसले पनि पश्चिमी देशले सहायतामा दिएको ट्याकलाई नास गरेको छ।
पछिल्लो समय बाहिर आएको भिडियोमा आकाशमा केही नयाँ चिज देखिएको छ। त्यसको बारे पत्ता लगाउन धेरै कठिन छ। युक्रेनले धेरै योजना बाहिर ल्याउने त कुरै भएन। तर, उसले उत्साहित युद्धमा अब मनमोहक झलक देख्न पाइने कुरा बताउन थालेको छ।

सहायक रक्षामन्त्री हना मालयर झम्पोझारियाको ६५ किलोमिटर पर ओरीकीभमा रुसी सेना रक्षात्मक बनेका छन्। उनले सुदूर पूर्वी भेल्यानोभल्सील्कामा युद्ध भइरहेको समेत जानकारी दिएकी थिइन्। पूर्व र पश्चिमी सीमामा युद्ध लम्बिँदै जाँदा धेरैको अनुमान युक्रेनले रुसलाई नै पछि पार्छ भन्ने हो।

कुजानले त मुख्य जमिनका मुख्य बाटा कब्जा गर्दै उनीहरूलाई परास्त गर्दै पछि धकेल्ने नै उद्देश्य भएको बताएका छन्। डोनबासको रुस केन्द्रित एक सञ्चार माध्यम भने पूर्ण रूपमा उत्साहित हुँदै सबै कुरा राखेको थियो। ‘रुसी सेना उनीहरूलाई नै पर्खी रहेको छ। अनि उनीहरूको मुख्याइ थाहा हुन्छ,’ रुस समर्थकले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
जत्ति धेरै युक्रेनी सेना अघि बढी रहेको छ। त्यसै अनुसार धेरै जनाको ज्यान जाने निश्चित छ। ती मारिने धेरै रुसी या युक्रेनी जो कोही पनि हुन सक्छन्। रुसी समर्थकले ओरिकिभको नजिक पर्ने टोकमाकमा पुग्ने सम्भावना पनि कम रहेको जनाइएको छ। तर, युद्ध भएको स्थान त्यो नै होइन। उत्तरी सहर दक्षिणका बाखमुटमा केही रगताम्मे स्थान देख्न सकिन्छ।

मलायरकै अनुसार युक्रेनी सेना धेरै जसो स्थानमा दुई सयदेखि एक हजार मिटरसम्म अघि बढी रहेको छ। धेरै स्थानमा रुसी सेनाले कब्जामा लिएको स्थानलाई आफूहरूले खोस्दै आएको पनि उनले बताएकी छन्। बेलायती रक्षा मन्त्रालयले त त्यहाँको अवस्था धेरै जटिल भएको जनाएको छ।

अहिले युक्रेनका हरेक अधिकारी उत्साहित छन्। कुजानले अग्र भाग कब्जा गर्दै धेरै स्थानमा अघि बढेको बताएकी छिन्। उनकै अनुसार अबका केही दिनमा यसको असर प्रस्ट देखिने छ। तर केही अप्ठेरो युक्रेनी सेनाले नभोगेको होइन। आकाशबाट जेट विमानबाट पाउनु पर्ने सहयोग स्थल सेनाले पाएका छैनन्। पछिल्लो समय पाश्चात्य देशबाट सहयोगको कारण ड्रोन र मिसाइलमा युक्रेन बलियो भए पनि जेट विमानमा रुसी सेना भन्दा कमजोर नै मानिन्छ।

जेट विमान पनि साथ दिन सजिलो होस् भन्ने हेतुले नै यात्राको गति विस्तारै भएको कुजानले बताएका छन्। पाँच महिना भन्दा बढी समय अग्र भागमा युक्रेनले यो आक्रमण नहुने भएको छ। मौसमी अवस्था पनि असहज हुनेछ। तसर्थ यसैको बीचमा सबै सम्भव कुरा गरीसक्ने युक्रेनको योजना छ। यसै समयमा रुसी सेनालाई पछि धकेल्दै थुप्रै स्थान कब्जा गर्ने युक्रेनको योजना छ। क्रिमियाको प्रायद्वीप लगायत स्थानमा अहिले रुसी सेना कमजोर छ। युक्रेनको लक्ष्य पनि त्यतै छ। युक्रेनको यो आक्रामक योजनाको असर त सायद यसै महिना देखिने छ। स्रोतः बीबीसी, सीएनएन

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ८ : २३ बजे

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत