सुदूरपश्चिम प्रदेशमा हडताल सुरु, ९ जिल्ला प्रभावित « Khabarhub

सुदूरपश्चिम प्रदेशमा हडताल सुरु, ९ जिल्ला प्रभावित


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशमा सुरु भएको आम हडतालले जनजीवन प्रभावित भएको छ।

गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज भएको आम हडतालले ९  जिल्लाको जनजीवन प्रभावित भएको हो।

विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले यसअघि सार्वजनिक गरेको विरोध कार्यक्रमको तालिका अनुसार आज प्रदेशभर आम हडतालको गरेको छ। काठमाडौंमासमेत विरोध प्रदर्शन गरेका असन्तुष्ट समूहले आज सो प्रदेश ठप्प पारेका छन्।

हडतालका कारण सो प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन। प्रहरीको अनुसार महेन्द्र राजमार्गमा ठुला सवारी साधन चलेका छैनन् भने अन्य सहायक मार्ग पनि दुई पाङग्रे सवारी साधना मात्रै छिटफुट रुपमा चलेका छन्।

गत २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो, सो अघि सुदूरपश्चिम भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले गेटालाई विश्वविद्यालय बनाउने घोषणा पनि गरेका थिए। तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरे पछि सुदूरपश्चिमेली नागरिकमा असन्तुष्टि बढेको हो।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ८ : १२ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु