पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न | Khabarhub Khabarhub

पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखामा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा महिला उद्यमी सङ्घ गोरखाको आयोजनामा एक महिनाअघि भएको तालिममा १५ महिलाले ‘एड्भान्स’ तालिम लिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।

सहभागीलाई तालिमका क्रममा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने, मूर्तिको फ्रेम निर्माण गर्नेलगायतका तालिम प्रदान गरिएको आयोजकले जनाएको छ । यसअघि एकमहिने आधारभूत मूर्ति बनाउने तालिममा सहभागी भएकालाई दोस्रो चरणमा थप एक महिना ‘एड्भान्स’ तालिम प्रदान गरिएको उनको भनाइ छ ।

उनले तालिमका सहभागीहरूले बनाएको मूर्ति आन्तरिक तथा बाह्य पर्यटक, अतिथिलगायतलाई मायाको चिनोका रूपमा प्रयोग हुने नगरप्रमुख रानामगरले बताए ।  यसले गोरखाको ऐतिहासिक पहिचानको पनि प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

गोरखा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने पृथ्वीनारायण शाहको मूर्ति मायाको चिनोका रूपमा उत्पादन गर्न सके यसले आर्थिक आयआर्जनमा टेवा पुग्ने भएकाले महिलालाई मूर्ति बनाउन तालिम प्रदान गरेको नगरप्रमुख रानामगरले बताए ।

उनले गोरखा आएर फर्कने पर्यटकले यहाँ घुमेर फर्कँदै गर्दा गोरखामा उत्पादित तथा गोरखाको इतिहास जोडिएको मायाको चिनो प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिमको आयोजना गरिएको जानकारी दिए ।

तालिमले रोजगारीको अवसरसमेत सिर्जना गरेको जनाउँदै नगरप्रमुख रानामगरले यसबाट महिलालाई दैनिक आयआर्जनका साथै आत्मनिर्भरसमेत बनाउने बताए । उनले तालिममा सहभागीलाई मूर्तिका साथै मूर्तिका लागि आवश्यक पर्ने साथै ऐना र फ्रेम बनाउनका सिकाइएको बताए ।

तालिम सञ्चालन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको  थियो । शनिबार सम्पन्न भएको तालिमको समापन कार्यक्रममा नगरप्रमुख रानामगरसहित उपप्रमुख मसली माया थोकर, गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, प्रशिक्षार्थी रमा बस्नेतलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ८ : ३४ बजे

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, कुन देशबाट कति ?

काठमाडौं– सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक

जिप दुर्घटनामा छ जना भारतीय पर्यटक घाइते

चितवन– चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक

चार दलले मधेसका मुख्यमन्त्रीलाई हटाउन प्रदेश प्रमुखसँग माग गर्दै

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई पदबाट हटाउन माग गर्दै

कैलाली र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं– कैलालीको गोदावरी नगरपालिका-१ अनामनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो

महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ : घनश्याम भुसाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दशौँ महाधिवेशनपछि आफूहरूको