हसंपुरमा मदिरारहित समाज निर्माण अभियान « Khabarhub

हसंपुरमा मदिरारहित समाज निर्माण अभियान


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी – कास्की जिल्ला रुपा गाउँपालिकाको वडा नं ७ हंसपुरका बासिन्दा पछिल्लो समय मदिरारहित समाज निर्माण अभियानमा जुटेका छन्।

मदिरा तथा लागुऔषध सेवनकर्ताका कारण विकृति एवं विसङ्गति बढेको जनाउँदै यसको अन्त्य गर्न टोलवासीको भेलाले मदिरा निषेधित अभियान सञ्चालन गरेको हो।

स्थानीय विभिन्न सङ्घसंस्था, समाजसेवी, वुद्धिजीवीसहितको सहगितामा शनिबार वडाका हंसपुर गाउँ क्षेत्रका प्रत्येक पसलमा पुगेर मदिरा व्यवस्थापन तथा लागुऔषध नियन्त्रणका विषयमा सचेतनामूलक कार्यक्रम गरिएको टोलसुधार समितिका अध्यक्ष डिलबहादुर नेपालीले जानकारी दिए।

लागुऔषधको प्रयोग तथा बिक्री–वितरणले मानिसको स्वास्थ्य बिग्रनुका साथै धन सम्पत्तिको समेत क्षति हुने भएकाले यसको नियन्त्रणको प्रयास थालिएको उनको भनाइ छ। महिला मिलन विकास समितिका सदस्य एवं स्थानीय स्वयंसेविका ताराकुमारी सापकोटाले सभ्य र समृद्ध समाज निर्माणको अभियानमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे।

उक्त क्षेत्रका प्रत्येक घरबाट एक जनताको सहभागिता रहेको सचेतना अभियानका क्रममा मदिरा तथा लागुऔषध निषेधित सूचना टाँस गरिएको जनाउँदै उनले भने, “सूचनालाई बेवास्ता गरेमा गाउँपालिका र प्रहरीको सहयोगमा कडाभन्दा कडा कारबाही गरिने छ।”

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले हंसपुरले सुरु गरेको अभियानमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रका प्रत्येक पसलमा मदिरा बिक्री वितरण हुने गरेको गुनासो आउन थालेपछि पालिकाकाले कार्यालय समयबाहेक र स्वीकृति लिएको पसलबाट मात्र मदिरा बिक्री–वितरण गर्ने अभियान सञ्चालन गरेको उनले बताए।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १२ : ५७ बजे

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय