हसंपुरमा मदिरारहित समाज निर्माण अभियान « Khabarhub

हसंपुरमा मदिरारहित समाज निर्माण अभियान


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी – कास्की जिल्ला रुपा गाउँपालिकाको वडा नं ७ हंसपुरका बासिन्दा पछिल्लो समय मदिरारहित समाज निर्माण अभियानमा जुटेका छन्।

मदिरा तथा लागुऔषध सेवनकर्ताका कारण विकृति एवं विसङ्गति बढेको जनाउँदै यसको अन्त्य गर्न टोलवासीको भेलाले मदिरा निषेधित अभियान सञ्चालन गरेको हो।

स्थानीय विभिन्न सङ्घसंस्था, समाजसेवी, वुद्धिजीवीसहितको सहगितामा शनिबार वडाका हंसपुर गाउँ क्षेत्रका प्रत्येक पसलमा पुगेर मदिरा व्यवस्थापन तथा लागुऔषध नियन्त्रणका विषयमा सचेतनामूलक कार्यक्रम गरिएको टोलसुधार समितिका अध्यक्ष डिलबहादुर नेपालीले जानकारी दिए।

लागुऔषधको प्रयोग तथा बिक्री–वितरणले मानिसको स्वास्थ्य बिग्रनुका साथै धन सम्पत्तिको समेत क्षति हुने भएकाले यसको नियन्त्रणको प्रयास थालिएको उनको भनाइ छ। महिला मिलन विकास समितिका सदस्य एवं स्थानीय स्वयंसेविका ताराकुमारी सापकोटाले सभ्य र समृद्ध समाज निर्माणको अभियानमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे।

उक्त क्षेत्रका प्रत्येक घरबाट एक जनताको सहभागिता रहेको सचेतना अभियानका क्रममा मदिरा तथा लागुऔषध निषेधित सूचना टाँस गरिएको जनाउँदै उनले भने, “सूचनालाई बेवास्ता गरेमा गाउँपालिका र प्रहरीको सहयोगमा कडाभन्दा कडा कारबाही गरिने छ।”

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले हंसपुरले सुरु गरेको अभियानमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रका प्रत्येक पसलमा मदिरा बिक्री वितरण हुने गरेको गुनासो आउन थालेपछि पालिकाकाले कार्यालय समयबाहेक र स्वीकृति लिएको पसलबाट मात्र मदिरा बिक्री–वितरण गर्ने अभियान सञ्चालन गरेको उनले बताए।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १२ : ५७ बजे

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको