गलत तथ्यांक सार्वजनिक गरिएको भन्दै किरात देवास राई समाजको आपत्ती « Khabarhub

गलत तथ्यांक सार्वजनिक गरिएको भन्दै किरात देवास राई समाजको आपत्ती


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले किरात देवास राई समुदायको गलत तथ्यांक सार्वजनिक गरेको भन्दै किरात देवास राई उत्थान समाज नेपालले आपत्ति जनाएको छ ।

आइतबार काठमाडौंको तथ्यांक कार्यालय पुगेर किरात देवास राई समुदायले १२ औं राष्ट्रिय जनगणना, २०७८ को जनगणनामा तथ्यांक संकलनको क्रममा टिपाएको भन्दा गलत तथ्यांक सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको हो । जनगणनाका क्रममा जातिको महलमा राई, भाषाको महलमा देवास र धर्मको महलमा किरात भनी ३०-४० हजारको संस्थामा विवरण टिपाएपनि तथ्यांक कार्यालयले गलत तथ्यांक सार्वजनिक गरेको जनाएको छ । तथ्यांक कार्यालय पुगेर उनीहरूले गलत तथ्यांक मान्दैनौ, गलत तथ्यांक तुरुन्तै सच्चाउ, राज्यलाई सही तथ्यांक देउ, हाम्रो पहिचान मेट्न पाइदैन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै आदिवासी जनजाति समुदायका विभिन्न जातिलाई पनि थरका आधारमा फरक फरक जातीमा राखेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ लगायतका जातीय संगठनले पनि राष्ट्रिय तथ्यांक कार्यालय परिसरमा प्रदर्शन गरेका छन् । 

उनीहरूले जनगणनाको क्रममा दिइएका विवरणका आधारमा जाति र धर्म स्पष्ट खुल्ने गरि सत्य र यथार्थ विवरण सहितको तथ्यांक सार्वजनिक गर्न माग गरेका छन् । 

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  २ : ५८ बजे

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर