बेनी-गलेश्वर सडक स्तरोन्नतिको कामले पायो तीव्रता « Khabarhub

बेनी-गलेश्वर सडक स्तरोन्नतिको कामले पायो तीव्रता


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत बेनी– गलेश्वर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको छ । गत माघदेखि निर्माण सुरुभएको उक्त योजनाको पाँच महिनाको अवधिमा ८० प्रतिशत स्तरोन्नतिको काम पूरा भएको  कालीगण्डकी कोरिडोरका बेनी–जोमसोम कोरला सडक योजना प्रमुख जगत प्रजापतिले बताएका छन् । 

मंगलादेवी सुवास कन्ट्रक्सन प्रालिका सञ्चालक एवम् निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्का सम्झौतालगत्तै योजनास्थलमा उपकरण र मजदुर परिचालन गरी काम सुरु गरिएको बताए। उनले साँघुरो सडकलाई आठ मिटरको फराकिलो बनाउने, सडक तलमाथि पर्खाल, चारवटा कल्भट, दुईसय मिटर आरसीसी ढलानको काम सकिएको जानकारी दिए । 

निर्माण व्यवसायी कार्कीले सम्झौता मितिको एकवर्ष अघिनै काम सक्ने प्रतिबद्धता अनुरुप काम अगाडि बढाइएको बताए । राष्ट्रिय गौरवको आयोजना मानिएको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत बेनी–गलेश्वर खण्डमा निर्माण कम्पनीले पाँच महिनामा ८० प्रतिशत काम सकेपछि जिल्लामा सञ्चालित अन्य योजनका निर्माण व्यवसायीलाई समेत दबाब उत्पन्न भएको छ । 

योजना प्रमुख प्रजापतिले करिडोरअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबैभन्दा छिटो र धेरै काम गरेको खण्ड बेनी-गलेश्वर रहेको बताए। उनले निर्माण कम्पनीले गत माघ ६ गतेबाट सुरु गरेको योजनाको काम हालसम्म सडक तलमाथिको पर्खाल, नाली, चारवटा कल्भट, सडक फराकिलो बनाउने काम, सबवेस र दुई सय मिटर आरसीसी ढलानलगायत काम सकिएको जानकारी दिएका छन् । उनका अनुसार यस सडकमा बेस र कालोपत्रे काम मात्र बाँकी छ । ‘यसलाई बर्खा पछाडी सम्पन्न गर्ने लक्ष्यमा निर्माण कम्पनी रहेको छ’, उनले भने। 

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी आयोजना र निर्माण कम्पनीबीच १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा ठेक्का सम्झौता भएको थियो । उक्त सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगङ्गा, अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवातजावातमा सहज हुने स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ४ : ०८ बजे

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज

सीटीइईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइईभीटी) को रिक्त

‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी

इनरुवा– जिल्लाको हरिनगर गाउँपालिका-३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा