विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

आज जेठ २८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून ११, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

रुसविरुद्ध प्रतिआक्रमण सुरु भयो : जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयको प्रतीक्षा पछि रुसविरुद्ध प्रतिआक्रमण सुरु भएको पुष्टि गरेका छन् ।

उनले शुक्रबारदेखि नै प्रतिआक्रमण र रक्षात्मक कार्यहरू भइरहेको जनाएका छन् । तर जबाफी कारवाही कुन चरण वा राज्यमा छ भन्नेबारेमा केही खुलाएका छैनन् ।

युक्रेनको दक्षिण र पूर्वमा लडाइँ बढ्दै गएपछि युक्रेनले रुसी सेनाविरुद्ध प्रतिआक्रमण सुरु गरेको अनुमान पछि उनको यो भनाइ आएको हो ।

युक्रेनी सेनाले पूर्वमा बाख्मुत नजिक र दक्षिणमा जापोरिज्जियाको नजिक प्रगति गरेको र रुसी लक्ष्यहरूमा लामो दूरीको हमला गरेको दाबी गरिएको बीबीसीले जनाएको छ ।

फिलिपिन्समा ज्वालामुखी विस्फोटले आपतकाल घोषणा, हजारौँलाई अन्यत्र सारियो

फिलिपिन्समा ज्वालामुखी विस्फोटका कारण आपतकाल घोषणा गर्दै हजारौँलाई अन्यत्र सारिएको छ। फिलिपिन्सको उत्तरपूर्वी अल्बे प्रान्तमा रहेको मेयोन ज्वालामुखी क्रेटरबाट ६ हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो।

अधिकारीहरुका अनुसार आउने ज्वालामुखी विस्फोटपछि हुने धुलोको मुस्लोले मानिसहरूलाई खतरा निम्त्याउन सक्ने भएकाले खतरा क्षेत्रबाट थप हजारौं मानिसलाई स्थायी रुपमा बाहिर निकाल्नु पर्ने हुन सक्ने प्रहरी अधिकारीहरूले जनाएका छन्।

टाइफून गुचोल क्षेत्रबाट धुलोको आँधी प्रशान्त महासागरबाट फिलिपिन्सतर्फ बढिरहेको उल्लेख गर्दै मेयोनको ढलान नजिक बस्नेहरूका लागि नराम्रो खबर हुन सक्ने भन्दै पूर्वसूचित गरिएको छ।

ज्वालामुखीको परिधिमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेर शिविरमा पठाइएको थियो। गत शुक्रबार नै आपतकालीन अवस्था घोषणा गरेर उनीहरूलाई बाहिर निकालिएको हो। जसका कारण, विनाशकारी विस्फोटको घटनामा आपतकाल कोषको द्रुत वितरणलाई सहज बनाउन सकियोस् भनेर सो कदम चालिएको थियो।

सुरक्षा अधिकारीहरूले बिहीबार ज्वालामुखीको चेतावनी स्तर बढाएका छन् किनभने यसको सतह मुनि ग्यास, ढुंगा र मलबेको अत्यधिक तातो धारहरू रहेका छन्, जसका गतिविधि आगामी दिन वा हप्ताहरूमा खतरनाक विस्फोटन हुन सक्ने भन्दै पूर्व सूचना जारी गरिएको छ।

स्विडेनको राजधानीमा गोलीवारिमा एकको मृत्यु, दुई घाइते
स्वीडेनको राजधानी स्टकहोममा गोलीवारिमा परी एकजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार साँझ दक्षिणी स्टकहोमको एक स्क्वायर नजिक चलाइएको गोली लागेर १५ वर्षीय एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरी अधिकारीका अनुसार घाइते किशोरको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यलाई अस्पतालमा भर्ना गरिएको छ। स्टकहोम प्रहरीका प्रवक्ता टोभ हागले मिडियालाई दिएको जानकारी अनुसार घटनास्थलमा मृत्यु भएका किशोर १५ वर्षका थिए।

गोली लागेर अन्य १५ वर्षीय बालक र ४५ देखि ६५ वर्ष उमेर समूहका एक पुरुष र एक महिला घाइते भएको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ। प्रहरीका अनुसार गोली चलाएको एक घण्टाभित्रै स्टकहोमको दक्षिणतिर कारको पछि लागेर दुई जना अभियुक्तलाई पक्राउ गरेको बताए।

उनीहरूलाई प्रहरीले हत्या र ज्यान मार्ने उद्योगको अनुसन्धान थालेको छ।

बेल्ट एण्ड रोड चलचित्र सप्ताह चीनको साङ्घाईमा सुरु
पच्चीसौं साङ्घाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको एक भागको रूपमा बेल्ट एण्ड रोड चलचित्र सप्ताह पूर्वी चीनको साङ्घाई महानगरमा सुरु भएको छ ।

यस वर्षको महोत्सवमा स्वदेश तथा विदेशका कुल २० वटा चलचित्र प्रदर्शन हुनेछन् । ती मध्ये चिनियाँ फिल्म ‘अबसेन्स’ र हङ्गेरियन फिल्म ‘सिक्स विक्स’ सहित आठ वटा चलचित्रले पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् ।

‘चलचित्र भनेको जीवन र सपनाको प्रदर्शन हो । मानिसहरू चलचित्रको माध्यमबाट गहिरो भावनाको आदानप्रदानको चाहना राख्छन्’ चिनियाँ अभिनेता लेई जियाइनले भनेका छन् । उनी यस वर्षको बेल्ट एण्ड रोड चलचित्र महोत्सवको प्रवर्द्धन दूत पनि हुन् ।

‘विश्वभरका चलचित्र निर्माताहरूले पनि ‘बेल्ट एण्ड रोड’ को इतिहास, वर्तमान र भविष्यलाई प्रदर्शन गर्न सक्ने थप उत्कृष्ट कार्यहरू सिर्जना गर्ने आशा राख्छन्’ लेईले भने ।

यो वर्ष बेल्ट एण्ड रोड इनिसिएटिभको १० औं वार्षिकोत्सवका साथै बेल्ट एण्ड रोड फिल्म फेस्टिभल एलायन्सको ५ औं वार्षिकोत्सव मनाइँदैछ ।

बेल्ट एण्ड रोड चलचित्र सप्ताह जुन १८ सम्म चल्नेछ । स्क्रिनिङ सत्रहरूका अतिरिक्त, शिखर सम्मेलन, अन्तरक्रिया मञ्च र अन्य थुप्रै कार्यक्रमहरु यसमा समावेश छन् ।

जी २० का प्रतिनिधि वाराणसीमा
जी २० का विकासमन्त्रीको बैठकमा भाग लिन ब्राजिल, जर्मनी, जापान, इन्डोनेसिया र चीनका प्रतिनिधि वाराणसी पुगेका छन् ।

विमानस्थलमा विदेशी पाहुनालाई अवधको फरुवाही नृत्य टोली र काशी विश्वनाथ डमरु वादन समितिले भव्य स्वागत गरेको थियो । विमानस्थलमा विदेशी पाहुनाले डमरु वादन र भारतीय नृत्य पनि प्रस्तुत गरेका थिए ।

आगामी तीनदिनसम्म आयोजना हुने मन्त्रीस्तरीय बैठकमा भाग लिन पवित्र नगरी काशी आउनेमा अष्ट्रेलियाका राजनीतिज्ञ प्याट्रिक कोनरोय, भारतका लागि ब्राजिलका राजदूत मौरिसियो लिरियो, अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त युट्टा उर्पिलेनेन, जर्मनीका आर्थिक सहयोग तथा विकासमन्त्री स्वेन्जा शुल्जे, जापानी मन्त्री शुन्सुके ताकेई र चीनका झाओ यिफानलगायत छन् ।

सांस्कृतिक विविधताले समृद्ध भारतका नागरिकले विमानस्थलमा आफूहरूलाई गरेको स्वागतबाट विदेशी पाहुना निकै खुशी देखिएका थिए । बैठकको अध्यक्षता जी ट्वेन्टीको वर्तमान अध्यक्ष देश भारतका विदेशमन्त्री एस जयशङ्करले गर्दैछन् ।

पाकिस्तानमा भीषण वर्षा, २८ जनाको मृत्यु, १४० घाइते
पाकिस्तानमा भीषण वर्षाका कारण २८ जनाको मृत्यु भएको छ। शनिबार राति परेको भारी वर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन्।

वर्षाका कारण धेरै घर भत्किएका छन्, रुखहरू ढलेका छन् र बिजुलीका पोलहरू ढलेका छन्। प्रधानमन्त्री शहबाज सरिफले मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार भारी वर्षा र असिनापानीका कारण खैबर पख्तुनख्वाका बन्नु, लक्की मारवत, डेरा इस्माइल खान र कारक जिल्लामा २५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पन्जाबको खुसाब जिल्लाको एउटा गाउँमा घरको पर्खाल भत्किँदा तीन बालिकाको मृत्यु भएको छ। राहत अधिकारी खतेर अहमदले घाइतेहरुलाई तत्काल राहत उपलब्ध गराइएको बताए।

गत वर्ष पनि पाकिस्तानमा मनसुनी वर्षापछि आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो र १७ सयभन्दा बढीको ज्यान गएको थियो । त्यतिबेला तीन करोडभन्दा बढी मानिस प्रभावित भएका थिए भने लाखौँ विस्थापित हुनु परेको थियो।

श्रीलंकाले थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो

श्रीलंका सरकारले विद्युतीय उपकरण, सरसफाईसम्बन्धी र खाद्य सामग्रीलगायत ३०० भन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध लाई खुकुलो बनाएको छ ।

राष्ट्रपति रानिल विक्रमासिङ्घेद्वारा वित्त, आर्थिक स्थिरिकरण र राष्ट्रिय नीति मन्त्रीको रूपमा जारी गरिएको राजपत्र अधिसूचनापछि यो नयाँ नीति शुक्रवारदेखि लागू भएको हो ।

श्रीलङ्का सरकारले सन् २०२२ को अगष्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर तीमध्ये ८०० भन्दा बढी वस्तुमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।

सन् २०२२ मा श्रीलङ्काको कुल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको र सन् २०२१ को तुलनामा ११।४ प्रतिशतले कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२२ को अधिकांश समय अत्यावश्यक बाहेकका आयातमा प्रतिबन्ध लगाउने उपायका कारण बजारमा तरलताको अभाव कायम रहेकाले यो निर्णय गरिएको जनाएको छ ।

श्रीलङ्काका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले अमेरिकी डलरको उपलब्धतामा भएको सुधारको परिणामस्वरुप आयात प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय भएको बताए ।

कजाकस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु

उत्तरपूर्वी कजाकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको आपतकालीन व्यवस्था मन्त्रालयले शनिबार जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार अपरान्ह् मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुल १४ जनाको शव फेला परेको छ । डढेलोका कारण एक लाख ४८ हजार हेक्टर जमिन जलेपछि फसेका वन सुरक्षाका लागि खटिएका अधिकारीहरूको खोजी भइरहेको छ ।”

उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण प्रतिकार्यमा बाधा पु¥याए पनि ३१६ जनालाई सुरक्षित स्थानमा सारिएको, स्थिति नियन्त्रणमा रहेको र घरहरु सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

कजाकस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले आपतकालीन अवस्थाका मन्त्री युरी इलिनलाई बर्खास्त गरेका छन् । डढेलो निभाउने प्रयासमा एक हजारभन्दा बढी मानिस सहभागी भएका छन्, जसमध्ये अधिकांश रक्षा र आपतकालीन व्यवस्था मन्त्रालयका रहेका छन् ।

विशाल पूर्व सोभियत राष्ट्रका स्थानीय अधिकारीहरूका अनुसार बिहीबार चट्याङ लागेर आगलागी सुरु भएको थियो। घटनापछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तोकायेभलाई एक सन्देश लेख्दै समवेदना प्रकट गर्नुभएको छ भने अन्य मुलुकका नेताहरूले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ७ : ५९ बजे

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन काम भइरहेको छ : मन्त्री चौरसिया

काठमाडौं– कानून, न्याय तथा संसदीय मन्त्रालयले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनअनुसार नियमावलीको

म्याग्दीका पशुपालक किसानलाई आर्थिक अनुदान

म्याग्दी– भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक

काठमाडौं महानगरबाट ६४ हजारले लिए निःशुल्क कानूनी सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट निःशुल्क कानूनी परामर्श सेवा लिनेको सङ्ख्या ६४

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्दैछ ।

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन