दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारवाही गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान, विश्वविद्यालयको शिक्षा अनुसन्धानमा केन्द्रित हुनुपर्छ, युद्ध अपराधको मुद्दा दर्ता भएसँगै अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नाला सफा गर्ने क्रममा १०२ राउन्ड गोली फेलालगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारवाही गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्न माग गरिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई आइतबार सर्वोच्च अदालतले दर्ता गरेको हो । गत शुक्रबार रिट निवेदनलाई दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार आइतबार रिट दर्ता गरिएको निवेदक विष्टले जानकारी दिए ।

विश्वविद्यालयको शिक्षा अनुसन्धानमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त ९दोस्रो चरण० समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताएका हुन् ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्।

अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ र २ गते हुने ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित गए राति चीन प्रस्थान गरेका हुन्।

उनी प्रदर्शनीमा प्रमुख अतिथिको रूपमा सहभागी हुन लागेका हुन्। उनको नेतृत्वमा प्रतिनिधिसभाका सदस्य जीवन परियार, धवलशम्शेर जबरा, प्रदीप यादव, उदयबहादुर बोहोरा, दीपा गुरुङ र हरिराम चौधरी प्रतिनिधिमण्डलमा सहभागी छन्। यस्तै उनका प्रमुख स्वकीयसचिव गोविन्द अकेला पौडेल र सङ्घीय संसद् सचिवालयका उपसचिव रामहरि थापा सहभागी छन्।

लोसपा अध्यक्ष ठाकुर भारत प्रस्थान
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

स्वास्थ्य उपचारको ‘फलोअप’ का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएका हुन् । उनी उपचार सकेर एक सातापछि स्वदेश फर्कनेछन् ।

प्रचण्डले मन्त्रीसहित पशुपति दर्शन गर्नु राजनीति हो

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपति दर्शन माथि प्रश्न उठाएका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उद्देश्यले प्रेरित रहेको टिप्पणी गरेका हुन्।

राजनीतिक पद देखाएर उन्मुक्ति पाइँदैन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहेका उनले आज बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाए ।

युद्ध अपराधको मुद्दा दर्ता भएसँगै अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शाहीले उक्त मुद्दामा जेष्ठ ३० गते अदालतमा हाजिर हुन पत्र काटेको अवस्थामा राजीनामा दिएर अदालतमा हाजिर हुनुपर्ने बताएका हुन् । युद्ध अपराध देशले नभई व्यक्तिले गरेको तर्क गर्दै शाहीले देशको प्रधानमन्त्री नभई पुष्पकमल दाहाल भएर अदालत जानुपर्ने बताए । उनले नैतिकताको आधारमा पनि प्रधानमन्त्री पदमा बस्न नमिल्ने उल्लेख गरे ।

बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरकारलाई सांसद थापाको ध्यानाकर्षण
सांसद गगनकुमार थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा उनले बजेटमा समेटिएका कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यान्वयन प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे ।

कला र संस्कृतिको संरक्षणमा जोड दिन आवश्यक

नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रर्दशनीको आज अवलोकनपछि उनले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए ।

बजेट सन्तुलित नदेखिएको सांसदहरूको टिप्पणी
सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलित नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनीहरूले वर्तमान आर्थिक समस्याको दीर्घकालीन समाधान खोज्ने र वितरणमुखी कार्यक्रमलाई निरुत्साहित हुनेगरि बजेटमा समेट्न सुझाए ।

‘बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन’

पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकार्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम गर्न नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद पौडेलले बजेटका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रममा राखिएका योजना बजेटमा नपरेको बताएका हुन् ।

सोमबारदेखि लुम्बिनी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि तीन दिन प्रदेशसभामा छलफल हुने भएको छ ।

सभामुख तुलाराम घर्तीले आजको छैटौँ वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न तीन दिन समय तोकिएको जानकारी गराए। नीति तथा कार्यक्रममाथिको छलफल यही जेठ ३१ गतेसम्म चल्ने छ ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने गरी तयारी गरिएको छ ।

नाला सफा गर्ने क्रममा १०२ राउन्ड गोली फेला
वीरगञ्जमा सडकको नाला सफा गर्ने क्रममा विभिन्न हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली फेला परेको छ ।

आइतबार बिहान साढे ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका-१० मा डोजर प्रयोग गरेर नाला सफा गर्ने क्रममा फोहोरमा प्लाष्टिकको झोलामा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ ।

निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन कार्यक्रम सुरु

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा निजामती कर्मचारीका प्रतिभा प्रस्फुटनका लागि प्रतिभा डबली कार्यक्रम सुरु भएको छ ।

जेठ ३२ गतेसम्म कार्यक्रम सञ्चालन गरिनेछ । निजामती कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न गत साल झै यस वर्ष पनि सरकारी प्रणालीको क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा कार्यक्रम सुरु भएको हो ।

एमडिएमएस प्रभावकारी कार्यान्वयनमा नियामक र व्यवसायी एकमत

गैरकानुनी र अवैध रुपमा नेपाल भित्रिएर दर्ताबिनै चलिरहेका मोबाइल फोनको बिक्री वितरण रोक्न सरकारले जेठ १ गतेदेखि लागू गरेको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टोम’ (एमडिएमएस) प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि नियामक र व्यवसायी एकमत देखिएका छन् ।

मोबाइल फोन इम्पोर्टस एशोसिएशन र नेपाल मोबाइल वितरक सङ्घले आज काठमाडौँमा एमडिएमएस कार्यान्वयनसम्बन्धी अन्तरक्रिया तथा पत्रकार सम्मेलन आयोजना गर्दै यो प्रणालीलाई कडाइका साथ लागू गरिनुपर्ने धारणा राखेका हुन् ।

आइतबार सेयर बजार ४०.४८ अंकले बढ्यो

चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले वृद्धि भएको छ । नेप्से सूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा आएको छ ।

२७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँको कारोबार भएको छ ।

यस दिन दुईवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । समग्रमा हेर्दा सेयर बजारमा विस्तारै सकारात्मक माहोल देखिएको छ । सूचकसँगै दैनिक खरिदबिक्री रकममा पनि बढोत्तरी भएपछि लगानीकर्ता उत्साहित भएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ९ : ०० बजे

आज २०८१ साल असोज २४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २४ गते बिहीबार तदनुसार

सुनसरीको एक उद्योगमा आगलागी

सुनसरी – सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र

जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन

काठमडौं – सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौं – बडा दशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग