४४ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण | Khabarhub Khabarhub

४४ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– उच्च शिक्षाको लागि देशमै ख्याति प्राप्त दुईवटा मुनाफारहित शैक्षिक संस्थाहरू नेपाल इन्जिनियरिङ कलेज (नेक) र काठमाडौँ विश्वविद्यालय (केयु) ले एक समारोहकाबिच आइतबार ४४ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका छन् ।

नेक र केयुले आआफ्नो संस्थामा अमेरिकाको बिल एण्ड मलिन्दा गेट्स फाउन्डेसनको आर्थिक सहयोग र नेडरलाण्डको आईएचइ संस्थाको संयोजकत्वमा विश्वव्यापीरूपमा सञ्चालित सरसफाइ सम्बन्धी पेशागत तालिमहरू चलाइरहेका छन् ।

यसवर्षको तालिम कार्यक्रम नेकले सन् २०२२ नोभेम्बर देखि २०२३ मार्चसम्म र केयुले २०२२ डिसेम्बरदेखि २०२३ अप्रिलसम्म आयोजना गरेका थिए । नेकले सरसफाइ प्रविधिमा पेशागत अध्ययन कार्यक्रममा यसपल्ट नौ जना महिला र १० जना पुरूष गरी जम्मा उन्नाइस जनाले तालिमका सबै मापदण्डहरू पुरा गर्न सफल भएका थिए । सोही विषयमा केयुले आयोजना गरेको कार्यक्रममा चारजना विदेशी विद्यार्थीहरूसहित जम्मा पच्चीस जना प्रशिक्षार्थीहरू सफल भएका थिए । 

अघिल्लो वर्ष पनि यी दुबै संस्थाहरूले समान प्रकृतिका कार्यक्रमहरू सञ्चालन गरेका थिए । विश्वव्यापी मान्यता प्राप्त यो तालिमको प्रमाणपत्र पाएकाहरू प्राविधिकहरूले सरसफाइ क्षेत्रमा कुनै पनि देशमा कामको लागि आवेदन दिन सक्ने छन् ।

नेपालमा सरसफाइ विधामा गर्नुपर्ने सुधारहरू व्यापक भएकोले प्रशिक्षित प्राविधिकहरूले देशमै योगदान गर्नसक्ने क्षेत्रहरू धेरै छन् । नेपाल सरकारको सम्बन्धित निकायले पहल गरेमा प्रशिक्षित प्राविधिकहरूलाई देशमै सेवा गर्न मौका दिने वातावरण बनाउन नेक र केयु इच्छुक रहेको कार्यक्रममा नेकका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र केयुका आयोजना प्रमुख प्रा.डा. बिमप्रसाद श्रेष्ठले बताए । 

कार्यक्रमको संयोजन नेककोतर्फबाट उपप्राध्यापक विनय शाक्यले तथा केयुकोतर्फबाट उपप्राध्यापक सुमन धुँ श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ७ : ३८ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।