जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ « Khabarhub

जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बागलुङ – जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी काठेखोला गाउँपालिका–१ का ४० वर्षीय बम बहादुर रानालाई प्रहरी चौकी दोबिल्लाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

रानालाई जिल्ला अदालत बागलुङले २०७६ जेठ २१ गते जबरजस्ती करणी उद्योग सम्बन्धी कसूर मुद्दामा १० महिना २० दिन कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। अदालतले फैसला गरेपनि राना फरार थिए ।

कैद तथा जरिवाना भुक्तान हुन बाँकी रहेका प्रतिवादी रानालाई जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार बागलुङ जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक केसीले बताए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ९ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै