जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ « Khabarhub

जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बागलुङ – जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी काठेखोला गाउँपालिका–१ का ४० वर्षीय बम बहादुर रानालाई प्रहरी चौकी दोबिल्लाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

रानालाई जिल्ला अदालत बागलुङले २०७६ जेठ २१ गते जबरजस्ती करणी उद्योग सम्बन्धी कसूर मुद्दामा १० महिना २० दिन कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। अदालतले फैसला गरेपनि राना फरार थिए ।

कैद तथा जरिवाना भुक्तान हुन बाँकी रहेका प्रतिवादी रानालाई जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार बागलुङ जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक केसीले बताए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ९ : ११ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत