राष्ट्रव्यापी खुल्ला पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा | Khabarhub Khabarhub

राष्ट्रव्यापी खुल्ला पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा जारी राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सूर्यविनायक नगरपालिका–४ हर्सचौकमा आयोजित प्रतियोगितामा न्युटन एकेडेमी, ओम सिर्जनशील समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासङ्घले सेमिफाइनलमा स्थान बनाएका हुन ।

आज सम्पन्न क्वाटरफाइनलमा आयोजक ओम सिर्जनशील समाजले गान्धी आदर्श टिमलाई २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युटन एकेडेमीले कागेश्वरी मनोहरालाई २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गरी सेमिफाइनलमा स्थान बनाएको छ ।

त्यस्तै गणतान्त्रिक खेलकुद महासङ्घले भक्तपुर जिल्ला खेलकुद विकास समिति टिमलाई २५–१० र २५–२१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । लिखु–८ ले लिखु सेवा समाजलाई २५–२३ र २६–२४ ले पछि पार्दै सेमिफाइनलमा पुगेको छ । शनिबारदेखि सुरू भएको प्रतियोगितामा आठ जिल्लाका १० टिमको सहभागिता छ ।

ओम सिर्जनशील समाजले आयोजना गरेको प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीले बताए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १० : १९ बजे

बेगनास तालको पूर्वाधार विकासमा जोड दिनुपर्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालको पर्यटकीय उपयोगका

बालुवाटारको छलफलमा कांग्रेस सभापतिसहित नेताहरु पुगे 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को