विपद्मा पूर्वतयारी पहिलो सर्त हो, मन्त्रालयले आवश्यक परिपत्र गरिसक्यो : स्वास्थ्यमन्त्री बस्नेत « Khabarhub

विपद्मा पूर्वतयारी पहिलो सर्त हो, मन्त्रालयले आवश्यक परिपत्र गरिसक्यो : स्वास्थ्यमन्त्री बस्नेत


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपद् व्यवस्थापनमा पूर्वतयारी पहिलो सर्त हुनुपर्ने र पूर्वतयारीका गतिविधि चुस्त हुने सके धेरै विपद्जन्य घटना रोक्न सकिने बताएका छन् । उनले राहतमा पनि पूर्वतयारी प्रभावकारी हुँदा यसबाट क्षति कम गर्न र उद्धार गर्न पनि सहज हुने प्रतिक्रिया दिए ।

आज विपद् व्यवस्थापनसम्बन्धी सिंहदरबारमा भएको कार्यक्रममा उनले विपद्का समयमा उद्धार सामग्रीको अभाव हुने गरेको विगतको अनुभवन सुनाउँदै त्यस विषयमा बेलैमा सजग हुनुपर्नेमा जोड दिए । उनले भने, “यस विषयमा गम्भीरताका साथ लागौँ, आपत्विपत्मा महामारी रोगव्याधि, विमार, सरुवा रोग लाग्नसक्छ, त्यसमा सबै तयारीमा जुट्नुपर्छ ।”

उनले स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी गर्न थालिसकेको र मातहतका निकायलाई निर्देशन पनि दिइसकेको जानकारी दिए । कोभिडका समयमा नेपाललाई तर्साइसकेको स्मरण गर्दै मन्त्री बस्नेतले सावधानी अपनाउन सक्यो भने त्यो देशले कम क्षति बेहोर्छ भन्ने कुरा कोभिडकै बेलामा देखिएको पनि उनले बताए ।

विपद्का बेलामा तत्कालै ढुवानी गर्न नसक्ने सामग्री तथा वस्तुको समयमै उचित ठाउँमा व्यवस्थापन गर्न जरुरी रहेको पनि उनले औँल्याए । उनले न्यूनतम आवश्यकताका सामानमा ध्यान दिनुपर्नेमा जोड दिँदै स्वास्थ्य मन्त्रालयले त्यसमा अभियान सुरु गरिसकेको र जिल्लाहरूमा परिपत्र पनि गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १० : ४३ बजे

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण