रुसी राष्ट्रपति पुटिन र वाग्नर समूहका प्रमुखबीच भेटवार्ता | Khabarhub Khabarhub

रुसी राष्ट्रपति पुटिन र वाग्नर समूहका प्रमुखबीच भेटवार्ता


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग भेटवार्ता गरेका छन् । क्रेमलिनले यसको पुष्टि गरेको छ। 

केही दिनअघि वाग्नर समुहका प्रमुख प्रिगोजिनले पुटिनविरुद्ध विद्रोहको घोषणा गरेका थिए । तर, बेलारुसको मध्यस्थतामा दुवैबीच सहमति भएको थियो । त्यसपछि यी दुईबीचको यो पहिलो भेट हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार मस्कोमा भएको बैठकमा निमन्त्रणा गरिएका ३५ वाग्नर कमाण्डरहरूसहित प्रमुख प्रिगोजिन सहभागी थिए। तर, उनीहरू बिचमा के कुराकानी भयो भन्ने बारेमा केही खुलाइएको छैन ।

विगतका महिनाहरूमा प्रिगोजिनले बारम्बार रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई युक्रेनमा रहेका आफ्ना सेनाहरूलाई जानाजानी कम आपूर्ति गरेको आरोप लगाएका छन्। 

त्यसपछि रुसी रक्षा मन्त्रालयले युक्रेनका स्वयम्‌सेवक लडाकुहरूले जुनको अन्त्यसम्ममा उनीहरूसँग सम्झौता गर्नुपर्ने बताएका थिए । मन्त्रालयले गरेको घोषणामा वाग्नर समूहको नाम भने राखिएको छैन।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ७ : ०० बजे

कांग्रेस सङ्खुवासभाका सभापतिद्वारा राजीनामा

काठमाडौँ– नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका

प्रिय ईः; फुटपाथ, बाटो तथा हिड्ने ठाउँमा व्यापार गर्नु गैरकानूनी हो : मेयर बालेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले फुटपाथ, बाटो

सेयर बजारमा १८.६० अंकको गिरावट

काठमाडौँ-  नेप्से सूचक बुधबार १८.६० विन्दुले घटेर २००४.३० अंकमा आएको

रेलमार्ग प्रभावितको समस्या समाधानमा पहल गर्छु : सभामुख घिमिरे

झापा– सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग

पुष्पा र अञ्जलीलाई कोसी टप्पुमा छाडियो

इनरुवा– चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोसी टप्पु वन्यजन्तु