भारतले खोल्यो धौलीगंगा बाँध, सतर्कता अपनाउन सूचना जारी « Khabarhub

भारतले खोल्यो धौलीगंगा बाँध, सतर्कता अपनाउन सूचना जारी


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलेको छ । बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढेको छ भने नदीमा माटो मिसिएको धमिलो पानी बगिरहेको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार भारतले बाँध खोल्ने पहिल्यै जानकारी गराएको थियो ।

आयोजनाले आज बिहान ५ देखि राति ८ बजेसम्म बाँधका ढोकाहरू खोलिने जानकारी गराएपछि दार्चुला जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बस्तीहरूमा सतर्कता अपनाउन हिजो नै सूचना जारी गरेको थियो ।

बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर हुँदै भारततर्फ बग्ने महाकाली नदीमा जलस्तर बढ्ने छ । त्यसबाट आसपासका क्षेत्रमा बाढी आउन सक्ने र डुबान हुनसक्ने भएकाले पूर्व सतर्कता अपनाउन भनिएको प्रजिअ धामीले जानकारी दिए ।

भारतले हरेक वर्ष वर्षातका बेला यो बाँध खोल्ने गरेको छ ।

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १० : ५३ बजे

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर