कर्णालीलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिने « Khabarhub

कर्णालीलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिने


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशलाई आगामी भदौमा पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिने भएको छ । कर्णाली प्रदेशका १० जिल्लालाई पूर्ण खोपयुक्त घोषणा भएपछि अब प्रदेश घोषणाको तयारी थालिएको हो ।

कर्णालीका सबै जिल्लामा १६ देखि ५९ महिना उमेर समूहका बालबालिकामा तथ्याङ्क सर्वेक्षण गर्दा बच्चा जन्मिएको दिनदेखि १५ महिनाभित्र लगाउनुपर्ने १३ प्रकारका एन्टिजेन्ट खोपहरू लगाएर सकिएको छ ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका सूचना अधिकारी पदम केसीले कर्णालीका १० वटै जिल्लामा खोप सुनिश्चित भएपछि अब खोपयुक्त प्रदेश घोषणाको तयारी थालिएको बताए । कर्णालीका १० जिल्लामा दैलेखलाई ४ वैशाख २०७४ मै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो भने ३० वैशाख २०७५ मा सुर्खेत पूर्ण खोपयुक्त बनेको थियो । कालिकोट, जुम्ला, मुगु, रुकुमपश्चिम, जाजरकोट र सल्यान लगायतका आठ जिल्ला अघिल्लो वर्ष खोपयुक्त जिल्ला घोषणा भएका थिए ।

यस्तै, बाँकी रहेका दुई जिल्ला डोल्पा र हुम्ला चालु आर्थिक वर्षको वैशाख र असारमा पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसँगै प्रदेशलाई नै खोपयुक्त प्रदेश बनाउनका लागि निर्देशनालयले आवश्यक प्रक्रिया अगाडी बढाएको हो । आगामी भदौ तेस्रो सातासम्ममा खोपयुक्त प्रदेश घोषणा गर्नेगरी तयारी भइरहेको सूचना अधिकारी केसीले जानकारी दिए । नेपाल सरकारको उच्च प्राथमिकतामा प्राप्त कार्यक्रममार्फत कर्णालीमा एक हजार चार सय खोप केन्द्रहरूबाट खोप सेवा दिइँदै आएको छ ।

निर्देशनालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ज्येष्ठ मसान्तसम्म कर्णालीमा बीसीजी ९२ प्रतिशत, दादुरा रुवेला रोग सम्बन्धी खोप पेन्टा-१ ९५ प्रतिशत र एमआर-२ ८५ प्रतिशत खोप लगाइएको छ । जिल्लागत तथ्याङ्क अनुसार सबैभन्दा धेरै सुर्खेतमा खोप लगाइएको छ । सुर्खेतमा बीसीजी खोप लगाउनेको सङ्ख्या एक सय २१ प्रतिशत रहँदा, पेन्टा-१ र एमआर-२ क्रमशः एक सय १४ र एक सय पाँच प्रतिशत रहेको छ ।

यस्तै, डोल्पामा ६६ प्रतिशतले बीसीजी, ७२ प्रतिशतले पेन्टा-१ र ७५ प्रतिशतले एमआर-२ खोप लगाएको निर्देशनालयले जनाएको छ । मुगुमा बीसीजी ६८ प्रतिशत, पेन्टा-१ ७० प्रतिशत, एमआर-२ ५३ प्रतिशत, हुम्लामा बीसीजी ६९ प्रतिशत, पेन्टा-१ ७४ प्रतिशत, एमआर-२ ७८ प्रतिशत, जुम्लामा बीसीजी ७३ प्रतिशत, पेन्टा-१ ७२ प्रतिशत र एमआर-२ ७५ प्रतिशतले खोप लगाएका छन् ।

कालिकोटमा बीसीजी ६१ प्रतिशत, पेन्टा-१ ६७ प्रतिशत र एमआर-२ ६० प्रतिशत, दैलेखमा बीसीजी ६७ प्रतिशत, पेन्टा-१ र एमआर-२ ७५-७५ प्रतिशत, जाजरकोटमा बीसीजी ७८ प्रतिशत, पेन्टा-१ ८२ प्रतिशत र एमआर-२ ७४ प्रतिशत बालबालिकालाई खोप लाइएको छ । रुकुम पश्चिममा ९८ प्रतिशतलाई बीसीजी खोप लगाइँदा पेन्टा-१ एक सय एक र एमआर-२ ९३ प्रतिशत रहेको छ । सल्यानमा बीसीजी ८८ प्रतिशत, पेन्टा-१ ९३ प्रतिशत र एमआर-२ ८४ प्रतिशत बालाबालीकालाई खोप लगाइएको निर्देशनालयका सूचना अधिकारी केसीले जानकारी दिए ।

कर्णालीमा राष्ट्रिय तुलनामा प्रादेशिक, प्रदेशको तुलनामा जिल्लाहरूको र जिल्लाको तुलनामा स्थानीय तहको प्रगतिमा एकरूपता नहुनुले खोप सेवा प्रभावकारी नभएकाले प्रदेश घोषणाको लागि ढिलाइ भएको स्वास्थ्य सेवा निर्देशनालयका नि. निर्देशक डाक्टर रविन खड्काले जानकारी दिए । अबको केही समयमा पूर्ण खोपयुक्त प्रदेश घोषणका लागि बैठक बस्छ र त्यस बैठकले भदौ महिनाको कति गते घोषणा गर्ने मिति तय गर्ने उनकाे भनाइ छ ।

यस्तै, शून्य खोप तथा ड्रप आउटको सङ्ख्या बढ्दै जानु, सूक्ष्म योजना अद्यावधिक र पूर्ण खोप दिगोपना कार्यक्रम प्रभावकारी नहुनु, महामारीहरू देखा पर्नु, अभिलेख तथा प्रतिवेदनमा एकरूपता र तालमेल नहुनुले खोप कार्यक्रममा केही समस्या सिर्जना भएको डा. खड्काले बताए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १२ : १५ बजे

मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक, शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण छुट

काठमाडौं– सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई

दाङमा सडक दुर्घटनाको कहर : एक वर्षमा ७२ जनाको मृत्यु

दाङ– गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका–९ दुधेनाको

शिक्षा र स्वास्थ्यको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्‍मा पुग्यो

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

कर्णाली– आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन् ।

दोहोरो अंकले घट्यो नप्से परिसूचक

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो