अवैध मुद्रासहित एकजना पक्राउ « Khabarhub

अवैध मुद्रासहित एकजना पक्राउ


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले अवैध विदेशी मुद्रासहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरका ३ सय ८० थान र श्रीलंकन रूपी ५ हजार दरका ५३ थान, १ हजार दरका ४ थान, ५० दरको ५ थान र २० दरको ५ थान सहित अमेरिकी नागरिक केभिन वेस्ले फिलिप्सलाई पक्राउ गरेको हो ।

भिस्टारा एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको ऐक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १ : ३३ बजे

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व– रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत

हुम्लाको नाम्खा गाउँपालिकाको मतपेटिका ढुवानी हुँदै

सिमकोट– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको

दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै

काठमाडौं– नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको