फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि « Khabarhub

फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यो वर्षका पहिलो छ महिनामा सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेका तथ्याङ्कले देखाएको छ ।

फिलिपिन्सको पर्यटन विभागका अनुसार छ महिनमा कोरियाबाट छ लाख ७३ हजार आठ सय ४१ पर्यटकको आगमन भएको छभने अमेरिकाबाट पाँच लाख १६ हजार तीन सय १८ जना पाहुना आएका छन् ।

अष्ट्रेलियाबाट एक लाख २९ हजार सात सय पाँच जना, जापानबाट एक लाख २८ हजार ८१, क्यानडाबाट एक लाख २४ हजार पाँच सय १० र चीनबाट एक लाख १४ हजार छ सय ६३ जना पर्यटकले फिलिपिन्स भ्रमण गरेका विभागले जनाएको छ ।

गत महिना फिलिपिन्स सरकारले विद्युतीय प्रवेशाज्ञा जारी गर्ने घोषणा गरेसँगै पछिल्ला दिनमा पर्यटक आगमनमा वृद्धि भएको छ । हालसम्म २५ लाखभन्दा बढी विदेशी पर्यटकलाई फिलिपिन्समा स्वागत गरिएको प्रतिनिधिसभाका सदस्य एवम् पर्यटन समितिका उपाध्यक्ष मार्भिन रिलोले बताएका छन् ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  २ : ४७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण