मनाङ एयर हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो « Khabarhub

मनाङ एयर हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौं ल्याइएको छ । दुई वटा हेलिकोप्टरमार्फत शवलाई काठमाडौं ल्याइएको हो ।

मंगलबार बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर सोलुखुम्बुबाट फर्किने क्रममा लिखुपिके गाउँपालिका ५ लाम्जुरापास नजिक दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना मेक्सिकन नागरिकको मृत्यु भएको थियो ।

सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौंका लागि उडेको कलसाइन एनए एमभी कलसाइन भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ७ : ३९ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र