महिला विश्वकप : आजबाट क्वार्टरफाइनलका खेल सुरु   | Khabarhub Khabarhub

महिला विश्वकप : आजबाट क्वार्टरफाइनलका खेल सुरु  


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकपमा आजबाट क्वाटरफाइनलका खेल सुरु  हुनेछन्। आज स्पेन र साबिक उपविजेता नेदरल्याण्ड्स तथा जापान र स्विडेनबीच खेल हुनेछ।

स्पेन र नेदरल्याण्डबीचको खेल बिहान पौने ७ बजे न्युजिल्यान्डको विलिङटनमा सुरु हुने। स्पेन पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो भने नेदरल्यान्ड्स दोस्रोपटक पुगेको हो । तर यी दुई टिम विश्वकपमा पहिलोपटक खेल्न लागेका हुन् । विश्वकपबाहिर यी दुई टिम भेट हुँदा स्पेनको पक्षमा धेरै जित रहेका छन्।

विश्वकपमा ४ पूर्व  च्याम्पियनमध्ये अन्तिम ८ मा पुग्ने जापान मात्र एक्लो टोली बनेको छ। आजै हुने अर्को खेलमा जापान र स्वीडेन पौने २ बजे आमने सामने हुनेछन्। एसियाको पावर हाउस जापानले पूर्व च्याम्पियन नर्वेलाई ३–१ गोल हराउँदै अन्तिम १६ बाटै घर पठाएको थियो। ४ पटकको विजेता अमेरिकालाई प्रिक्वाटरफाइनलबाटै घर पठाएको स्वीडेन बलियो दाबेदारका रुपमा रहको छ। यी दुईबीचको खेल निकै रोमाञ्चक हुनेछ।

पहिलो पटक ३२ राष्ट्र समावेश गरिएको यो विश्वकपमा एसियाबाट ६ टोलीको सहभागीता रहँदा जापान र घरेलु टोली अष्ट्रेलियामात्र क्वाटरफाइनल पुगे।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ६ : १० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य