टर्कीमा फेरी भुकम्पको धक्का, केही भवनहरु भत्किए « Khabarhub

टर्कीमा फेरी भुकम्पको धक्का, केही भवनहरु भत्किए


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल– टर्कीमा फेरी भुकम्प गएको छ । टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन् । भूकम्पको केन्द्रबिन्दु मलात्या प्रान्तको येसिलुरट सहरमा रहेको जनाईएको छ । सञ्चारमाध्यमका अनुसार अदियामानमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

 टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले एक सामाजिक सञ्जाल पोस्ट गर्दै मालत्याअदियामानमा भवनहरू भत्किँदा मानिसहरू घाइते भएको बताएका छन्। भूकम्पबाट बच्न मानिसहरु भवनबाट हाम फालेका छन् भने केही घाइते भएका छन् ।

सोही क्रममा स्थानीय टिभीमा प्रसारण गरिएको भिडियोमा भूकम्पले भवनहरू भत्काएको दृश्य देखाइएको छ ।

गत फेब्रुअरीमा गएको विनाशकारी महाभूकम्पबाट दुवै स्थानहरू प्रभावित भएका थिए, जसमा ५० हजारभन्दा बढीको ज्यान गएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : २६ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद