नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : थप २ डाक्टर पक्राउ « Khabarhub

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : थप २ डाक्टर पक्राउ


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई जना डाक्टर पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरीलाई पक्राउ गरेको हो ।

शिल्पकारलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरिएको हो भने चौधरीलाई मोरङबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चौधरीले मोरङमा निजी क्लिनिक चलाउँदै आएका छन्।

योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ४२ बजे

एनपीएल तेस्रो संस्करणमा डेबिल मलानले बनाए पहिलो अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा चितवन राइनोजका

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

काठमाडौँ– भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना