महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढेको छ : अर्थमन्त्री महत | Khabarhub Khabarhub

महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढेको छ : अर्थमन्त्री महत


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढेको बताएका छन् ।

शुक्रबार दक्षिण एसियाली महिला मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढिसकेको भन्दै कसैले रोक्न नसक्ने बताएका हुन् ।

महिला औद्योगिक पार्क अवधारणा सामान्य जस्तो लागेपनि दुरगामी महत्वको रहेको उनले बताए । उनले नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशीएको र त्यसमा महिलाको तुलनामा पुरुषको संख्या ठूलो रहेकाले महिलाले मात्रै स्थीरता दिन सक्ने धारणा राखे ।

ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको भन्दै उहाले यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरे । उनले सा–सानो स्थरमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाझ पुराउन सरकारले सहजीकरण गर्ने जिकिर गरे ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ३ : ५० बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी