तनहुँको व्यास नगरपालिकाका विकट क्षेत्रमा ‘गाउँघर क्लिनिक’ « Khabarhub

तनहुँको व्यास नगरपालिकाका विकट क्षेत्रमा ‘गाउँघर क्लिनिक’


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको व्यास नगरपालिकाले विकट क्षेत्रका गाँउघर पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले ‘गाउँघर क्लिनिक’ सञ्चालनमा ल्याएको छ । भौगोलिक विकटता, यातायातको समस्यालगायत कारणले स्वास्थ्य सेवाबाट वञ्चित भएका गाउँमा नगरपालिकाले उक्त अभियान सञ्चालन गरेको हो ।

बजार क्षेत्रसँग जोडिए पनि भौगोलिक रुपमा विकट रहेका वडामा घरमै स्वास्थ्य पहुँच पुर्‍याउनका लागि क्लिनिक सञ्चालनमा ल्याइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

“नगरपालिका भित्रका कतिपय गाँउ अझै विकट छन्, स्वास्थ्यको पहुँच पुग्न सकेको छैन”, उनले भने, “उक्त क्लिनिकमार्फत हरेक महिनामा विकट गाउँमा स्वास्थ्यकर्मी सहितको टोली पुगेर जाँचगरी औषधि वितरण गर्नेछन् ।”

उक्त कार्यक्रममा परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशु स्वास्थ्य सेवा, गर्भपतनका जटिलताको रोकथामबारे परामर्श, यौनरोग तथा बाँझोपनबारे परामर्श, पाठेघर खस्ने समस्याको परीक्षण, किशोर किशोरीको स्वास्थ्य सेवा, बाल स्वास्थ्य सेवा र साधारण उपचारलगायत सेवा दिइने जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङको भनाइ छ ।

उनका अनुसार स्वास्थ्य जाँच गरेपछि निःशुल्करुपमा पनि औषधि वितरण गर्ने गरिन्छ । गाउँघरमै स्वास्थ्य सेवा पुग्न थालेपछि वडामा रहेको स्वास्थ्यचौकीमा आउने बिरामीको चाप कम भएको पतेनी आधारभूत स्वास्थ्यचौकीका इञ्चार्ज सुनिता श्रेष्ठले बताइन् ।

गाउँघरका महिलाले पुरुष चिकित्सक तथा स्वास्थ्यकर्मीसँग खुलेर आफ्ना समस्या राख्न नसक्ने भएकाले यस कार्यक्रममा महिला टिम खटाइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ४ : ०९ बजे

नवीकरण नहुँदा दुई हजार एम्बुलेन्स थन्किए

चितवन– नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन्

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा