भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास « Khabarhub

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुर  विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज  शिलान्यास गरेका हुन् ।

जिल्लाको एकमात्र विमानस्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको विमानस्थलले जनाएको छ । टर्मिलन भवन नेपाल सरकारको भ्याटसहित रु पाँच करोड ४५ लाख लागतमा निर्माण हुने विमानस्थलले जनाएको छ ।

करिब एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुन लागेको टर्मिलन भवन एक वर्ष छ महिनाभित्र निर्माण हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।

भवनमा निर्माणको जिम्मा आरवी अर्वन बिल्डर्स एन्ड सप्लायर्स कम्पनीले लिएको प्राविधिकरणले जनाएको छ । यात्रुको चाप बढेको अवस्थामा सय यात्रुले सहज रुपमा टर्मिलन भवनको उपभोग गर्नसक्ने गरी डिजाइन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

करिब एक सय ३२ रोपनी क्षेत्रमा फैलिएको टक्सार विमानस्थल विस ३०३५ अर्थात् आजभन्दा ४५ वर्ष अघिबाट सञ्चालनमा आएको हो । पाँच सय ४५ मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको टक्सार विमानस्थलको धावनमार्ग २०७४ सालबाट कालोपत्र गरी सञ्चालनमा रहेको छ । यो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले भोजपुर–काठमाडौँ उडान भर्दै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ४ : १२ बजे

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको

एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता

काठमाडौं – नेकपा (एमाले)को बिहीबार सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले