सरकार र गौर हत्याकाण्ड पीडितबीचको सहमतिप्रति जसपाको आपत्ति, संसदीय समिति गठन गर्न माग | Khabarhub Khabarhub

सरकार र गौर हत्याकाण्ड पीडितबीचको सहमतिप्रति जसपाको आपत्ति, संसदीय समिति गठन गर्न माग


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीले गौर हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर जसापाले गौर हत्याकाण्डको छानविन गरेर दोषीउपर कारबाही गर्ने सरकार र गौर हत्याकाण्ड पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टी नेतालाई फसाउन खोजेको आरोप लगाएको छ ।

केही दिनअघि सरकार र पीडितबीच भएको सहमतिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै जसपाले घटनाको छानबिनको लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेको हो । पत्रकार सम्मेलन गरेर प्रवक्ता मनिष सुमनले यसअघि भएका छानबिनका प्रतिवेदन गोप्य राखेर सरकारले बदनियतपूर्ण व्यवहार गरेको आरोप लगाए ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको छानबिन आयोग, मधेस आन्दोलनसहितका आन्दोलनका घटनाका विषयमा अध्ययनका लागि गठित गिरिशचन्द्र लाल नेतृत्वको आयोग र तत्कालीन पुनरावेदन अदालत पाटनका न्यायाधीश र सुरक्षा नियकाका प्रतिनिधि सम्मिलित समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि जसपाले माग गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ४ : २३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग