शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित « Khabarhub

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’ पुस्तक आज विमोचन गरिएको छ ।

एडु टुडे प्रालिद्वारा प्रकाशित सो पुस्तक शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, प्राडा बालचन्द्र लुईँटेल, नेपाल सरकारका पूर्वसचिव डा हरिप्रसाद लम्साल, शिक्षक सेवा आयोगका पूर्वसदस्य नन्दकुमारी महर्जनलगायतले विमोचन गरेका हुन् ।

कार्यक्रममा वक्ताहरूले पुस्तकले नेपाली जनता र समाजको रुपान्तरणका लागि चिन्तन प्रस्तुत गरेको बताउँदै शिक्षाको रूपान्तरणबाट मात्रै मुलुक समृद्ध बन्नेमा जोड दिएका थिए । पुस्तकमाथि शिक्षाविद् डा कोइरालाले शैक्षिक चिन्तन र व्यवहारलाई जोड्ने सीप शिक्षकहरूमा हुने बताए । शिक्षाविद् डा लुइँटेलले विदेशका अनुभव लिने क्रममा सफल अभ्यासलाई मात्रै ग्रहण गर्नुपर्ने बताए।

पूर्वसचिव लम्सालले नीति र व्यवहारलाई सिंहावलोकन गर्न पुस्तक उपयोगी हुने बताए। यस्तै शिक्षा पत्रकार प्रकाश सिलवाल र सङ्घका वरिष्ठ उपाध्यक्ष हेरम्बराज कँडेलले पनि पुस्तकका अन्तर्वस्तुबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ८ : ३२ बजे

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००