महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न अस्पताललाई स्वास्थ्य कार्यालय चितवनको आग्रह « Khabarhub

महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न अस्पताललाई स्वास्थ्य कार्यालय चितवनको आग्रह


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन- स्वास्थ्य कार्यालय चितवनले जिल्लामा रहेका सरकारी, निजी र सामुदायिक अस्पताल तथा प्रयोगशालाहरूलाई महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न आग्रह गरिएको छ । मौसम परिवर्तनसँगै जिल्लामा डेङ्गु, आँखा पाक्नेलगायतका रोगको तथ्याङ्कलाई छिटो छरितो ढङ्गबाट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन आग्रह गरिएको हो ।

कार्यालयले आज जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पताल एवं प्रयोगशालाका प्रमुख एवं प्रतिनिधिलाई डाकेर सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले छिटो छरितो सूचना सम्प्रेषण गरिदिन आग्रह गरेको हो ।

सो अवसरमा कार्यालयका निमित्त प्रमुख इन्द्रमणि भण्डारीले मलेरिया, डेङ्गु, स्क्रबटाइफस, जापानिज इन्सेफ्लाइटिस, कोभिड जस्ता रोगहरू फैलिइरहेकाले महामारीको रूप लिन सक्ने भन्दै नियमित सूचना दिन आग्रह गरे ।

उनले भने, “नियमित रिपोर्टिङले तथ्याङ्क सङ्कलन र विश्लेषण गर्न सहज हुन्छ ।” सरकारी तथा निजी क्षेत्रबाट प्रभावकारी रिपोर्टिङ नहुँदा महामारी नियन्त्रणमा समस्या हुन सक्नेतर्फ उनले सचेत गराए ।

उनले भने, “रोगको नियन्त्रणसँगै रोकथामका लागि समेत नियमित रिपोर्टिङ आवश्यक छ ।” अहिले दिइँदै आएको सूचनालाई अझै प्रभावकारी बनाउन सके प्रभावित क्षेत्रको पहिचान र त्यहाँ हुन सक्ने समस्या समाधानमा सरकारको ध्यान पुर्‍याउन सहज हुने कार्यालयका सूचना अधिकारी राम केसीले बताए ।

अहिले हप्ता/पन्ध्र दिनमा तथ्याङ्क र जानकारी आउने गरेको भन्दै दैनिक रूपमा पठाउन उनले आग्रह गरे । उनले भने, “समन्वयको कमीका कारण प्रभावितले समयमा उपचार नपाउने समस्या आउन सक्छ ।”

अहिलेको समय किटजन्य रोगको समय भएकाले सबै अस्पताल, प्रयोगशालाहरूलाई सतर्कताका साथ तथ्याङ्क समयमा पठाउन उनको आग्रह छ । निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले अहिले भइरहेको रिपोर्टिङलाई नियमित रूपमा व्यवस्थित बनाउँदै लैजाने बताए ।

भदौ र असोजमा जिल्लामा डेङ्गुको सङ्क्रमण फैलने गरेको भन्दै उनले सबैको सहयोगले मात्र नियन्त्रण सम्भव रहेको बताए । जिल्लामा हाल उपचारका लागि आएका मध्ये ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ ।

पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ठेगाना नखुलेका छ र जिल्लाबाहिरका १७ जना रहेको केसीले जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ६ : ०० बजे

जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा