सुन तस्करी प्रकरणमा सरकारमा रहेका व्यक्तिविरुद्ध बोलेकै कारण सांसद शर्मा पक्राउ परे : ओली « Khabarhub

सुन तस्करी प्रकरणमा सरकारमा रहेका व्यक्तिविरुद्ध बोलेकै कारण सांसद शर्मा पक्राउ परे : ओली


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारमा रहेका व्यक्तिविरुद्ध बोलेकै कारण सांसद सुनिल शर्मा पक्राउ परेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित महाकवि विद्यापतिकृत कथासंग्रह पुरुष परीक्षा लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलील सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै कारण सांसद शर्मालाई पक्राउ गर्ने काम भएको बताएका हुन् ।

सुन तस्करी प्रकरणलाई ढाकछोप पर्ने काम राज्यबाटै भएको उनको आरोप छ । अध्यक्ष ओलीले दुई दिन बोलेपछि शर्मालाई पक्राउ गरेर राज्यले सुन तस्करी प्रकरणमा बोल्नेको मुख बन्द गर्ने काम गरेको आरोप लगाए। त्यस्तै, उनले सदनमा पनि एमालेले सुन प्रकरणमा बोल्छ भनेर सत्तापक्ष सांसदहरुले उठेर विरोध जनाएको र बोल्न निषेध गरेको जिकिर गरे ।

अध्यक्ष ओलीले समाजलाई सफा गर्नका लागि सबैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने समेत बताए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ६ : ५२ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक