अमेरिकाको हवाईमा लागेको डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो « Khabarhub

अमेरिकाको हवाईमा लागेको डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

होनोलुलु- अमेरिकाको हवाई राज्यस्थित एक ऐतिहासिक सहरमा लागेको डढेलोका कारण ५५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

नजिकैको आँधी बेहरीबाट आएको तीव्र हावाहुरीका कारण माउईमा मङ्गलबार लागेको डढेलोले समुन्द्री किनारको लाहैना सहरलाई प्रभावित पारेको थियो ।

आगोको लप्का तीव्र गतिमा सरेका कारण धेरै जना सडकहरूमा फसेको र अन्य धेरैले भाग्नको लागि समुद्रमा हामफालेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

“शहरको दृश्यलाई भिडियोमा हेर्दा वास्तवमा कसैले एक्कासी पूरै सहरमा बमबारी ग¥यो । मानिसहरूले आगोबाट बच्ने विकल्प केही नहुँदा आगोको लप्काबाट जोगिन समुद्रमा हाम फालेका थिए । शहर पूर्ण रूपमा तहसनहस भएको छ’’ त्यहाँ रहेका क्यानेडियन नागरिक ब्रान्डन विल्सनले भने ।

विल्सन आफ्नी पत्नीसँग हवाई घुम्न पुगेका थिए । विमानस्थलमा उडान भर्ने प्रयास भइरहँदा उनले उक्त दृष्यलाई प्रत्यक्ष देखेका थिए ।

आँसु झार्दै उनले भने, “यो हेर्न साँच्चै कठिन हुन्थ्यो । तिनीहरूले आफ्नो घर, आफ्नो जीवन, आफ्नो जीविकोपार्जन गुमाए ।”

यो गर्मीयाममा उत्तरी अमेरिकामा भएका अन्य चरम मौसमी घटनाहरूमध्ये हवाई डढेलो घटना एक हो । क्यानाडामा अझै पनि विशाल डढेलो लागिरहेको छ । अमेरिकाको दक्षिण–पश्चिममा उच्च उष्ण लहर फैलिरहेको छ ।

युरोप र एसियाका केही भागमा पनि बढ्दो तापक्रमको सामना गर्नुपरेको छ, जहाँ विशाल डढेलो र बाढीले आतङ्क मच्चाएको छ ।

“आज हामीले जे देखेका छौं त्यो विनाशकारी भएको छ । सम्भवतः हवाई राज्यको इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो,” गभर्नर जोस ग्रीनले भने ।

“सन् १९६० मा बिग आइल्याण्डमा ठूलो लहर आउँदा ६१ जनाको मृत्यु भएको थियो,” उनले भने ।

माउ काउन्टीका अधिकारीहरूले बिहीबार राति ९ः०० बजेपछि दिएको जानकारीमा ५५ जनाको मृत्यु भएका पुष्टि गरिएको हो । अधिकारीहरूले १९ औं शताब्दीको सुरुमा हवाई राज्यको राजधानीको रूपमा रहेको शहरमा अग्निनियन्त्रकहरू अझै पनि आगोसँग जुधिरहेको बताएका छन् ।

लाहैनामाथि उडेका एएफपीका एक फोटोग्राफरले खिचेका तस्बिरहरूले यो कालो र धुवाँको भग्नावशेषमा परिणत भएको देखाउँछ ।

ग्रीनका अनुसार शहरको ८० प्रतिशत भाग हराइसकेको छ ।

उनले भने, “हामी सबैले दशकौंदेखि सँगै रमाएका र पुस्तौंदेखि देख्दै आएका भवनहरू पूर्णरूपमा ध्वस्त भएका छन् ।”

हजारौं मानिस घरबारविहीन भएका छन् र ग्रीनले आवासको खोजीका लागि व्यापक अभियान सञ्चालन भइरहेको बताएका छन् ।

उनले पत्रकार सम्मेलनमा भने, “हामीले हजारौं विस्थापित व्यक्तिलाई बस्ने र खाने व्यवस्था गर्न आवश्यक छ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलोलाई बिहीबार ‘ठूलो विपत्ति’ भन्दै राहत कार्यका लागि सङ्घीय सहायता खुला गरिएको घोषणा गरेका थिए ।

पोप फ्रान्सिसले शुक्रबार हवाईका जनताको सुरक्षाको लागि प्रार्थना गरेको जनाएका छन् । भ्याटिकनले जारी गरेको एक टेलिग्राममा फ्रान्सिस उक्त घटनाबाट निकै मर्माहत भएको उल्लेख छ ।

अमेरिकी तटरक्षक बलका कमान्डर अजा कर्कसीले सीएनएनलाई बताएअनुसार आगोको लप्काबाट जोगिन करिब १०० जना मानिस पानीमा हामफालेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : ३७ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट