डन–३ मा कसरी सम्भव भयो रणवीरको प्रवेश ? | Khabarhub Khabarhub

डन–३ मा कसरी सम्भव भयो रणवीरको प्रवेश ?


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फरहान अख्तरले आफ्नो फ्रेन्चाइजी फिल्म डनको तेस्रो भागका लागि शाहरुख खानलाई १० वर्षसम्म पर्खिरहेका थिए । तर अन्त्यमा उनले शाहरुख बिना नै यो फिल्मको घोषणा गरे ।

उनले फिल्म ‘डन ३’ मा शाहरुखको स्थानमा रणवीर सिंहलाई लिने बताएका छन् । यस विषयमा दुवै कलाकारका फ्यानको प्रतिक्रिया फरक–फरक छ ।

तर पक्कै पनि सामाजिक सञ्जालमा शाहरुखका फ्यानहरु धेरै छन् र उनीहरु फिल्ममा उनको सट्टा रणवीरको प्रवेशबाट आक्रोशित छन् । यस्तो अवस्थामा फरहानले कसरी शाहरुखको ठाउँमा रणवीर सिंहलाई दिए भन्ने कुरा बाहिर आएको छ ।

फरहान अख्तरको एकदमै नजिकको स्रोतले दावी गरेको छ कि फरहानले शाहरुखको सट्टा अरू कुनै अभिनेताको बारेमा सोच्न सक्छन् भन्ने कसैलाई लाग्छ ? स्रोतका अनुसार शाहरुखले डन ३ को बारेमा फरहान अख्तरसँग लामो कुराकानी गरेका थिए ।

फरहान शाहरुखलाई डन ३ मा मात्रै चाहन्थे तर शाहरुखले डन सिरिजका फिल्ममा डनका रुपमा आफूले दिन सक्ने सबै दिनु पर्ने बताएका थिए । त्यसैले उनले डन ३ मा शाहरुखसँग काम नगर्ने निर्णय गरे । कुरा यहीमा मात्रै टुंगिएन ।

जब फरहानले शाहरुखलाई आफ्नो स्थानमा अन्य कलाकारलाई डनका रुपमा दर्शकले स्वीकार नगर्ने बताए तर शाहरुखले जेम्स बोन्डको चरित्र सिन कोनेरीदेखि रोजर मूर र ड्यानियल क्रेगसम्मका धेरै कलाकारले खेलेको तर्क गरे । यसपछि अब नयाँ कलाकारले बोन्डको भूमिका निभाउने कार्य गर्ने छन् ।

त्यसोभए जब यो हलिउडमा हुन सक्छ भने डनमा किन परिवर्तन हुन सक्दैन ? शाहरुखले भने । स्रोतका अनुसार शाहरुख खानले फरहानलाई भनेका थिए कि उनीसँग एकमात्र तरिका या त फ्रान्चाइजी बन्द गर्नुपर्छ वा अर्को अभिनेतालाई कास्टको रुपमा नयाँ प्रयोगमा जानु पर्छ ।

यसपछि डनको दौडमा नाम आएका स्टारहरूमा रणवीर सिंह पनि परे । जब शाहरुखको अगाडि रणवीरको नाम आयो, उनले यसमा हो भन्न धेरै समय लगाएनन् । (स्रोतः एनआई)

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : ३१ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार