विद्यालय व्यवस्थापनको नेतृत्व वडाध्यक्षलाई नदिन आग्रह « Khabarhub

विद्यालय व्यवस्थापनको नेतृत्व वडाध्यक्षलाई नदिन आग्रह


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले प्रस्तावित विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहका वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने तयारी गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

संविधानको मर्म र सार्वजनिक शिक्षा सुधारको हितलाई ध्यानमा राखेर वास्तविक अभिभावकमध्येबाट लोकतान्त्रिक प्रक्रियाका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गर्न महासङ्घले आग्रह गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष गुणराज मुक्तानले अभिभावक भेलामार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राखिनुपर्ने, खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था गर्नुपर्ने र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको भूमिकालाई स्पष्ट गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ५६ बजे

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा