त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आजदेखि आन्दोलनमा « Khabarhub

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आजदेखि आन्दोलनमा


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । 

सामूहिक सरुवाको माग गरेका कर्मचारीले आफ्नो माग सुनुवाइ नभएको भन्दै आजबाट भन्सार ठप्प पार्न लागेका हुन् ।

सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सबन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज माग सम्बोधन नभए भोलि पनि कार्गो शाखाका सबै काम बन्द गर्ने उनीहरूको घोषणा छ ।

उनीहरूले हिजो तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए । भदौ २७ गतेसम्म पनि माग सम्बोधन नभए पुनः अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले जानकारी गराएका छन् ।

झण्डै ६१ केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरूलाई धमाधम पक्राउ गरेर आतङ्कित बनाएको उनीहरूको आरोप छ । भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै यही भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । 

 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ६ : ४५ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल