आयोगका उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधिबीच भेटवार्ता | Khabarhub Khabarhub

आयोगका उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधिबीच भेटवार्ता


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबेबीच भेटवार्ता भएको छ । आयोग उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधि लाबेबीच शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा भेटवार्ता भएको हो । 

भेटमा नेपाल प्रतिनिधि लाबेले आयोगले बनाउँदै गरेको १६औँ योजनाको बारेमा चासो राख्दै १६ औं योजनाका लागि नेपाल सरकारले आवश्यक ठानेमा युएनडिपी सहयोग गर्न तयार रहेको बताइन् । आयोगका उपाध्यक्ष श्रेष्ठले युएनडिपीले नेपालका लागि पुर्‍याउँदै आएको सहयोगका लागि धन्यबाद दिँदै आगामी दिनमा पनि सहकार्य हुनेमा आफू विश्वस्त रहेको बताए ।

१६औँ योजना यसअघिको भन्दा फरक हुने बताउँदै उपाध्यक्ष श्रेष्ठले १६ औँ योजना तर्जुमाको मोडालिटी र यसको सोच तथा लक्ष र रणनीतिक लक्ष्यका विषयमा जानकारी दिए । भेटवार्तामा आयोगका सहसचिव प्रकाश दाहाल, कार्यक्रम निर्देशक डा. नारायण पौडेल लगायतका अधिकारीहरू समेत सहभागी थिए ।

आयोगले तयार पारेको आधारपत्रले १२ वटा रूपान्तरणकारी क्षेत्रहरू पहिचान गरेको छ । जसमध्ये समष्टिगत आर्थिक आधारहरूको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण, सामाजिक सशक्तिकरण, समावेशीकरण र सामाजिक सुरक्षा लगायत १६औँ योजनाको संरचनात्मक रूपान्तरणका क्षेत्रहरू रहेका छन् ।

साथै संरचनात्मक रूपान्तरणका क्षेत्रहरू अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण, विनियोजन कुशलता तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जैविक विविधता तथा विपदको व्यवस्थापन दिगो विकास र सुशासन प्रवर्द्धन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह रहेका छन् ।  

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  २ : २६ बजे

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ – नेपाल चिकित्सक संघले लमजुङ अस्पताल र मणिपाल शिक्षण

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ – बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ

दशगजामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या

बारा – बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको

सामाजिक सद्भाव कायम राख्न ख्रीष्टियन महासंघको अपील

काठमाडौँ – राष्ट्रिय ख्रीष्टियन महासंघले केही व्यक्तिहरुले सामाजिक सदभाव विथोल्न

चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर

काठमाडौँ – चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न