विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका-८ जरङ्खुबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित सोही ठाउँ बस्ने ५४ वर्षीया उषा बस्नेत समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-५ घर भएकी २४ वर्षीया सुमित्रा ढुङ्गानाको कोठामा लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

बाराको निजगढ नगरपालिका-९ सिम्रिस्थित जंगलबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-९ बस्ने २८ वर्षीय सुजन घलान, मकवानपुरगढी गाउँपालिका-१ बस्ने २६ वर्षीय गणेश बहादुर बन्जन, रौतहट चन्द्रपुर नगरपालिका-३ बस्ने ३४ वर्षीय छबीलाल स्याङताङ रहेका छन् ।

ना.४५ प ३४३ नम्बरको मोटरसाइकलमा सवार सुजन र गणेशले उक्त गाँजा छबीलाललाई बिक्री गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उक्त गाँजासहित तीनै जनालाई पक्राउ गरेको हो । 

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय कमल मल्ललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-३ धौलागिरी बस्ने  २५ वर्षीय पुष्कर सिरिश र १९ वर्षीय किरण थापा मगर रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ३ : २७ बजे

बैतडी र बाजुरामा मतदान जारी

बैतडी– बैतडी र बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन बिहान ७ः०० बजेदेखि

फिल्म ‘लालिमा’मा अभिनय गरेका दुई नायिकाको फरक अनुभव

काठमाडौं – फागुन २९ मा प्रदर्शनमा आउने ‘लालिमा’मा अभिनय गरेका

प्रतिनिधिसभा सदस्य निर्वाचन : कैदीबन्दीले गरे मतदान

जलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वर कारागारमा

सुर्खेत पुगेर पूर्णबहादुर खड्काले गरे मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले मतदान गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा

हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी

सिमकोट–  हिमाली जिल्ला हुम्लामा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको