६ सय ७५ सैन्य शिक्षार्थी दीक्षित « Khabarhub

६ सय ७५ सैन्य शिक्षार्थी दीक्षित


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा आज छ सय ७५ जना सैन्य शिक्षार्थी दीक्षित भएका छन् । विसं २०७९ मङ्सिर १ गतेदेखि ३६ हप्ताको सैन्य तालिम पूरा गरेका उनीहरुलाई आज पृतनाअन्तर्गतका विभिन्न आठ वटा युनिटमा दीक्षित गरिएको हो ।

तालिममा ईश्वर दर्जी सैद्धान्तिक तथा व्यावहारिक सबैतर्फ सर्वोत्कृष्ट बने । उक्त अवसरमा दर्जीसहित विभिन्न विधामा प्रथम हुने शारीरिक तन्दुरुस्तीतर्फ बादल गुरुङ, बाधा पारतर्फ नारायण विक, फायरिङतर्फ अशोक थापा, ड्रिलतर्फ विशाल अधिकारीलाई पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाँले पुरस्कृत गरेका थिए ।

कार्यक्रममा पृतनापति बानियाँले नेपाली सेनाको सिपाही दर्जामा नियुक्त सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भने, “राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गरी आवश्यक परेको बेलामा राष्ट्र र जनताका लागि प्राणको आहुति दिनसमेत पछि नपर्ने प्रण गर्नु एक सैनिकको धर्म हो ।”

सीमित स्रोत र साधनका बाबजुद नेपाली सेनाले आफ्ना सकलदर्जालाई उच्चस्तरीय तालिम प्रदान गर्दै आइरहेको बताउँदै उनले आधारभूत तालिम सैनिक जीवनको सुरुआत भएको बताए । तालिमबाट शारीरिक, मानसिक र नैतिक साहस प्राप्त हुने बताउँदै उनले यसले आत्मविश्वासी एवं पेशाप्रति थप कटिबद्ध बनाउने धारणा राखे । उक्त अवसरमा तालिमप्राप्त सैन्य जवानबाट कवाज प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ४ : ४७ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि