राप्रपाले भदौ २७ गते काठमाडौँमा विरोधसभा गर्ने « Khabarhub

राप्रपाले भदौ २७ गते काठमाडौँमा विरोधसभा गर्ने


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौ २७ गते काठमाडौमा वृहत विरोधसभा गर्ने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले देशद्रोहीविरुद्ध विरोधसभा गर्न लागिएको जनाएको हो । भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, सुन तस्करीलगायतका भ्रष्टाचार काण्डमा संलग्नको पूर्ण छानबिन गर्नका लागि दबाब दिनका लागि विरोधसभाको आयोजना गर्न लागिएको राप्रपाले जनाएको छ ।

गौवंश हत्याको विरोध, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दुत्वको रक्षा एवं हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दबाब दिन पनि सभाको आयोजना गर्न लागिएको राप्रपाले जानकारी दिएको छ ।

देशद्रोहीविरुद्ध आन्दोलन स्वरुप राप्रपाले विरोधसभा गर्न लागेको राप्रपा नेता ज्ञानेन्द्र शाहीले बताए । शाहीले विभिन्न प्रकरणको अनुसन्धानमा नेताहरु तानिए पनि प्रकरणलाई नै कमजोर बनाउन खोजिएको उल्लेख गरे । उनले बालुवाटार प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेसम्म सडक आन्दोलन गर्ने चेतावनी पनि दिए ।

राप्रपाले शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोजÞगारी, मूल्यवृद्धिजस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब सिर्जना गर्न विरोधसभा गर्न लागिएको जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ५ : ५५ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले